ad ad

अटो


स्कोडा कुशाक भारतमा सार्वजनिक, कहिले आउला नेपाल?

स्कोडा कुशाक भारतमा सार्वजनिक, कहिले आउला नेपाल?

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ९:०,

स्कोडा कुशाक भारतमा सार्वजनिक भएको छ। यो कम्पनीको नयाँ मोडलका रुपमा एमक्युबी एओ इन आर्किटेक्चरमा तयार पारिएको गाडी हो।

यसको कन्सेप्ट मोडल अटो एक्सपो २०२० मा प्रदर्शन गरिएको थियो।

यो गाडीमा कम्पनीको सिग्नेचर ग्रिल, स्प्लिट प्रोजेक्टर हेडल्याम्प, एंगुलर बम्पर, ठूलो एयर इनटेक र स्किड प्लेट समावेश गरिएको छ। कारमा स्प्लिट एलईडी हेडलाइट, फग ल्याम्प, १७ इन्चको ड्युअल टोन अलोय ह्विल जडान गरिएको छ।

सो कारमा फङ्सनल रुफ रेल, बुमर्याङ आकारमा एलईडी टेललाइट, रुफ स्पोइलर, रेक्ड विन्डस्क्रिन, एग्रेसिभ रियर बम्पर, फक्स सिल्भर ब्यास प्लेट, इलेक्ट्रिक सनरुफ जस्ता फिचर छन्।

स्कोडा कुशाकमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, ६ एयरब्याग, ईएससी, हिल होल्ड कन्ट्रोल, रेन एन्ड लाइट सेन्सर, क्रुज कन्ट्रोल र टायर प्रेसर मनिटरिङ सिस्टम समावेश गरिएको छ। यसमा १४०५ लिटरसम्म विस्तार गर्न मिल्ने ३८५ लिटरको बुट स्पेस छ।

दुई टर्बोचार्ज्ड पेट्रोल इन्जिनको विकल्प रहेको गाडीसमा पहिलो १.० लिटर ३ सिलिन्डर टीएसआई पेट्रोल इन्जिन छ।

भारतमा बिक्रीवितरण सुरु भएसँगै यो गाडी नेपालमा पनि आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .