नेपालमा हार्डफोर्ड मोटरसाइकलको आधिकारिक बिक्रेता इग्निसन अटो प्रालिले शनिबार भीआर एक्सप्लोरिङ एडभेन्चर नामक र्याली आयोजना गरेको छ।
त्रिपुरेश्वरमा रहेको हार्डफोर्ड शोरुमदेखि सुरु गरिएको राइड, हार्डफोर्ड नेशनल हेड समिर महर्जनले टुरिङ कार्यक्रमको शुभारम्भ गरेका थिए।
सुन्धारा, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बूढानीलकण्ठ हुँदै भोटेचौरसम्म पुगेर मनोरञ्जनात्मक कार्यक्रम गरी पुनः बौद्धमा रहेको हार्डफोर्ड सर्भिस सेन्टरमा आएर समापन भएको थियो।

र्यालीमा ४० जना राइडर सहभागी थियो। जसमा ३६ वटा हार्डफोर्ड समावेश थियो। १०५ किमि लामो मोटरसाइकल र्यालीका लागि रोड क्याप्टेन मनिश बज्र शाक्य थिए। बिहान ९ बजे सुरु भएको र्याली दिउँसो २ बजे भोटेचौर पुगेको थियो।

सो क्रममा लक्की ड्र कार्यक्रम गरिएको थियो। जसमा भूषणराज बज्राचार्य विजयी भए भने आर्म रेसलिङमा नन्द महर्जन प्रथम भएको कम्पनीले जनाएको छ। बिंगो फुल हाउस विनर पनि भूषणराज नै भए। सबैलाई उपहार दिइएको थियो।





प्रतिक्रिया