राजनीति


माओवादी केन्द्रको बैठक : सातै प्रदेशका इन्चार्जले गरे रिपोर्टिङ

माओवादी केन्द्रको बैठक : सातै प्रदेशका इन्चार्जले गरे रिपोर्टिङ

नेपालखबर
चैत १, २०७७ आइतबार ९:५८,

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा सातै प्रदेशका इन्चार्जहरुले रिपोर्टिङ गरेका छन्।

आइतबार मध्यान्हदेखि पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा प्रदेशका तर्फबाट इन्चार्जहरुले रिपोटिङ गरेको एक नेताले जानकारी दिए।

‘प्रदेश इन्चार्जहरुको रिपोटिङ सकिएको छ। अब अन्य एजेन्डामाथि छलफल हुन्छ’, नेपालखबरसँग ती केन्द्रीय सदस्यले भने।

बैठकले पार्टीको विधानसमेत परिवर्तन गरेर सांगठनिक संरचनाका विषयमा समेत निर्णय गर्ने ती नेताले बताए। आजको बैठकमा पार्टीको नामसमेत फेर्ने विषयमा छलफल भएको छ।

आजको बैठकमा ६ वटा एजेन्डामा छलफल चलिरहेको छ। एक केन्द्रीय सदस्यका अनुसार आजको बैठकमा विधान, संगठनात्मक संरचना र अनुशासनबारे छलफल भइरहेको छ। यस्तै वर्तमान परिस्थितिबारे पनि रिपोर्ट प्रस्तुत गर्ने अर्को एजेन्डा रहेको छ।

बैठकले माओवादी केन्द्रबाट गृहमन्त्री बनेका रामबहादुर थापासहितका ७ मन्त्रीसहित अन्य २३ नेतालाई कारबाही गर्नेबारे निर्णय लिनेछ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री थापासहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु शाह, दावा तामाङ मन्त्री रहेका छन्।

शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

त्यस्तै एमालेको केन्द्रीय समितिमा बसेका नेता तथा संघीय र प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेखेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad