अटो


अटोमोबाइल्स व्यवसायीलाई मन्त्री नेम्वाङको आग्रह : नेपालमै सवारी साधन उत्पादन गर्नेतर्फ लाग्नुहोस्

अटोमोबाइल्स व्यवसायीलाई मन्त्री नेम्वाङको आग्रह : नेपालमै सवारी साधन उत्पादन गर्नेतर्फ लाग्नुहोस्

नेपालखबर
फागुन २२, २०७७ शनिबार १०:४५,

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

शुक्रबार सम्पन्न साधारण सभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले अटोमोबाइल व्यवसाय देशको मेरुदण्डको रुपमा रहेको र यसबाट राष्ट्र निर्माणमा धेरै योगदान पुगेको बताए।

मन्त्री नेम्वाङले अटोमोबाइल व्यवसायीहरूले सवारी साधनको खरिद बिक्रीमात्रै नगरेर नेपालमै सवारी साधन उत्पादन गर्नेतर्फ समेत लाग्नुपर्ने बताए।

nadanew1

उनले आगामी दिनमा विद्युतीय सवारीलाई समेत प्राथमिकतामा राखिने बताए। उनले देशमा सडक पूर्वाधारको विकास तीव्र गतिमा भइरहेको बताउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी आगामी दिनमा विकासको रफ्तार थप बढ्दै जाने बताए।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समृद्धि ल्याउनका लागि अटोमोबाइल क्षेत्रले धेरै सहयोग गर्ने बताउँदै अटोमोबाइल क्षेत्रलाई अनुत्पादक र जाम बढाउने क्षेत्रको रुपमा हेर्ने संकुचित धारणमा परिवर्तन ल्याउनु पर्ने बताए।

nadanew2

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले भन्सार महसुल र अन्तःशुल्कमा लगाइएको करलाई ५० प्रतिशत घटाउनु पर्ने बताए। राज्यलाई सबैभन्दा बढी कर तिर्ने र रोजगारी प्रदान गर्ने क्षेत्र नै अटोमोबाइल क्षेत्र भए पनि अटोमोबाइल व्यवसायलाई दिनुपर्ने सहुलियतको बारेमा सरकारले थप ध्यान दिनुपर्ने उनको भनाइ थियो।

nadanew4
nadanew3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad