विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड डोज खोप विश्वका विभिन्न २० देशमा पठाइएको हो।
विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको कार्यक्रमअनुसार यो सहायताको खोप हो। यो कोभ्याक्सको मात्राका खोपहरु विश्व स्वास्थ्य संगठनले अनुदान स्वरुप विश्वका देशहरुलाई उपलब्ध गराउने गरी स्थापना गरेको कार्यक्रम हो।
यी खोपहरु यसै हप्ताको सुरुवातदेखि खासगरी अफ्रिकाका देशहरुमा पठाइएको छ।
यो अनुदानको खोप वितरण गर्ने कार्यक्रम खासमा घानाबाट शुरु भएको थियो। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडह्यानम गेब्रियसले आगामी हप्ता पनि यो खोप वितरणको कार्यक्रम रहेको बताएका छन्।
आगामी हप्ता पनि बढी जसो अफ्रिकी देशलाई नै यो खोप दिइने छ र आगामी हप्ता यो कार्यक्रम अन्तर्गतका करिब १ करोड ४० लाख मात्रा खोपहरु अरु विभिन्न ३१ देशलाई उपलब्ध गराइने छ।
खोप वितरण अहिले निकै सानो जनसंख्यामा रहेको तर यसलाई पछि बढाइने पनि उनले बताएका छन्।
विश्व स्वास्थ्य संगठनले विश्वमा खोप खरिद गर्न सक्ने अवस्था नरहेका अथवा खोपमा पहुँच नपुगेका गरिब देशहरुलाई शुरुमा यो खोप अनुदानमार्फत् दिइने गरी वितरणको कार्यक्रम बनाएको बताएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया