एमरोन ब्याट्रीले आफ्ना डिलरहरुसँग भेटघाट कार्यक्रम काठमाडौँमा आयोजना गरेको छ। नेपालका लागि एमरोन ब्याट्रीको आधिकारिक वितरक अटो पार्ट्स इन्टरनेशनलले ‘डिलर मिट’ कार्यक्रम आयोजना गरेको हो।
नेपाली बजारमा दुई पांग्रे र अन्य सबै प्रकारका गाडीका लागि अटोमोटिभ ब्याट्री कम्पनीले उपलब्ध गराउँदै आएको छ। दुई पांग्रेमा २.५ एम्पियरदेखि ९ एम्पियरसम्म र चारपांग्रेमा ३५ एम्पियर देखि १ सय ५० एम्पियरसम्मका एमरोन ब्याट्री उपलब्ध गराइरहेको अटो पार्ट्स इन्टरनेशनलले बताएको छ।
अटो पार्ट्स इन्टरनेशनलका प्रबन्धनिर्देशक सगुन वीरसिंह कंसाकारले नेपाली सडकमा गुड्ने गाडीहरुका लागि गुणस्तरीय ब्याट्री उपलब्ध गराउने प्रतिबद्धताका साथ एमरोन ब्याट्री उपलब्ध रहेको बताए। अमारा राजा र जोन्सन कन्ट्रोल दुई कम्पनीलाई एकीकृत गरी एमरोन ब्याट्रीको उत्पादन गरिएको हो।
मर्मतरहित र उच्च क्र्याकिङ क्षमता भएको यो ब्याट्री विभिन्न सवारीसाधनमा ओई फिटमेन्टको रुपमा उपलब्ध छ। अटो पार्ट्स इन्टरनेशनलले करिब सात वर्षदेखि नेपाली बजारमा एमरोन ब्याट्रीको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र अतिथिको रुपमा प्रसिद्ध कलाकार सन्दीप क्षेत्रीले ब्याट्रीमा हुनुपर्ने सकारात्मक पक्ष र यसको भूमिका बारेमा जानकारी दिएका थिए। अटो पार्ट्स इन्टरनेशनलले काठमाडौं, काठमाडौं होलसेल सेगमेन्ट, पोखरा, पूर्व क्षेत्र, मध्य क्षेत्र, सुदूर पश्चिम क्षेत्र र तराई क्षेत्र गरी फरक फरक क्षेत्रका डिलरहरु मध्येबाट उत्कृष्ट डिलरलाई पुरस्कृत समेत गरेको छ।

प्रतिक्रिया