खेल


यू–१५ साफ च्याम्पियनसिपका लागि को को भए छनौट?

यू–१५ साफ च्याम्पियनसिपका लागि को को भए छनौट?

नेपालखबर
साउन २२, २०७६ बुधबार १०:५४,

यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि नेपाली फुटबल टिमको घोषणा भएको छ।

भारतको कल्यानी रंगशालामा यही २१ अगष्टबाट ३१ अगष्टसम्म सञ्चालन हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक सुनील श्रेष्ठले २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन्।

 पाँच देशको सहभागिता रहने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक भारतसँग अगष्ट २१ मा प्रतिस्पर्धा गर्दैछ। नेपालले दोस्रो खेल अगष्ट २३ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। अगष्ट २७ मा तेस्रो खेल बंगलादेशसँग खेल्ने नेपालले अन्तिम खेल भुटानसँग अगष्ट २९ तारिखमा खेल्नेछ।

राउण्ड रोविनमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टीम फाइनलमा प्रवेश गर्नेछ। फाइनल खेल भने अगष्ट ३१ तारिखमा हुनेछ।

नेपाली टीम

गोलकिपर: ईश्वर गुरुङ, मनोज दाहाल, जेनियस केसी

डिफेन्डर: प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा

मिडफिल्डर: जान्मीजय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई

फरवार्ड: क्रिशन अधिकारी यादव, क्रिश सापकोटा, सुजन जिमी, शशांक बोहरा ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad