दि गो ग्रुपले आफ्नो ब्राण्ड एम्बेसडरमा चर्चित कलाकार तथा सामाजिक अभियन्ता मदनकृष्ण श्रेष्ठलाई नियुक्त गरेको छ। बुधबार दि गो ग्रुपले एक कार्यक्रम गर्दै कलाकार श्रेष्ठलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको हो।
दि गो ग्रुप अफ कम्पनिजका चेयरम्यान मनोज गोयल र सीईओ हेमन्त पुरानिकले कलाकार श्रेष्ठलाई दीगो ई८ कार समेत हस्तान्तरण गरेका छन्।
कार्यक्रममा बोल्दै ब्राण्ड एम्बेस्डर श्रेष्ठले भने, ‘हिजो काठमाडौंको वातावरण संसारकै धेरै प्रदूषित भएको थियो, आज दि गो ग्रुपले ल्याएको विद्युतीय कारको ब्राण्ड एम्बेस्डर बनेको छु। यसले यहाँको वातावरण सुधारमा सहयोग गर्नेछ।’
उनले सरकारले विद्युतीय कारमा लगाएको भन्सार, अन्तःशुल्क पहिलेकै अवस्थामा ल्याएर साना गाडी किन्न खोज्नेलाई विद्युतीय कारमा प्रेरित गर्नुपर्ने बताए।
सीईओ हेमन्त पुरानिकले कलाकार श्रेष्ठसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा दि गो ब्रान्डलाई सबै सहरमा पु¥याउने कम्पनीको लक्ष्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।
दि गो ई८ कार हालै नेपालमा भित्रिएको इलेक्ट्रिक कार हो। यसको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया