खेल


प्रधान सेनापति ट्रफि प्रतियोगिता सुरु

प्रधान सेनापति ट्रफि प्रतियोगिता सुरु

नेपालखबर
पुस २२, २०७७ बुधबार १२:३२,

प्रधान सेनापति पूर्णचन्द्र थापाले जंगी अड्डास्थित खेल मैदानमा ‘प्रधान सेनापति ट्रफि–२०७७’ खेलकुद प्रतियोगिताको आज एक समारोहबीच उद्‍घाटन गरेका छन्।

कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी निरन्जन कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सैनिक ब्याण्डबाट व्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो।

आगामी माघ २ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपाली सेनाको पृतनाहरुको ८, मद्दती बाहिनीहरुको ५, विशेष फौज वाहिनीको १ र फुटबल खेलमा विद्युत तथा यान्त्रिक सेवा निर्देशनालयको १ गरी जम्मा १५ वटा टिमहरुको सहभागिता रहेको छ।

प्रतियोगितामा समावेश भएका एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल विधाका खेलहरु भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदानको अलावा छाउनी स्थित जगदल गण तथा लगनखेल स्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा संचालन हुनेछन्।

उद्‍घाटन कार्यक्रममा पूर्व प्रधान सेनापतिहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकृतहरु, वहालवाला तथा अवकास प्राप्त रथीबृन्दहरु, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, नेपाली सेनाका अधिकृत लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारामा आधारित रहेर नेपाली सेना भित्रका खेल प्रतिभाहरुको पहिचान गरी उनीहरुको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्षमतावान खेलाडीहरु तयार गर्ने उद्देश्यका साथ २०६५ सालबाट शुरु भएको ‘प्रधान सेनापति ट्रफि’ नेपाली खेलकुद क्षेत्रको समग्र विकासको लागि कोसेढुङ्गा सावित भएको विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad