ad ad

अटो


महिन्द्रा ब्राण्डका गाडी खरिद गर्दा माछापुच्छ्रे बैंकले सहुलियतपूर्ण कर्जा दिने

महिन्द्रा ब्राण्डका गाडी खरिद गर्दा माछापुच्छ्रे बैंकले सहुलियतपूर्ण कर्जा दिने

नेपालखबर
पुस १९, २०७७ आइतबार १३:५४,

माछापुच्छ्रे बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडबीच व्यवसायिक सम्झौता भएको छ।

सम्झौता पश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ।

सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत र अग्नी इन्कर्पोरेटका देशभर रहेका डिलरबाट सवारीसाधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस ९ एटीएम मार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .