अटो


हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ८:५१,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकलहरू खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

पदम लामा, प्रदिप थापा, सोनी भट्टराई, कैलाश श्रेष्‍ठ, साङ्‍मु शेर्पा, बुद्धि जंग गुरूङ, साङ्गे तेन्जिङ महत, राज कुमार बुढाथोकी, सुरज कुमार पोखरेल, राजेश कुमार पोदार, वासुदेव गुरूङ, कृष्‍णराज गिरी, दोर्जे लामा, विकाश गौतम, लक्ष्मी आचार्य, धुर्व बोलखे, पिङकी सितिखु, अन्जु गिरी, देव कुमार तामाङ, भुवन कुमार सुनार, विकास मगर र प्रवेश राईलाई हराएको मोटरसाईकल महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन्।

जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनि ढुक्क नपर्न र एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न मोटरसाइकल चालकलाई प्रमुख भट्टराईले सुझाव दिए।

चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइन सेवा ‘लस्ट भेहिकल अप्लिकेसन’ मा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको पनि उनले बताए।

ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका बनेपा काभ्रे, कपन, धुम्वाराही, कलंकी, बनस्थली, गंगबु, बौद्ध, थापाथली, ट्रमा सेन्टर, सिनामंगल, जोरपाटी, ठमेल, मुलपानी, कलंकी, ट्याङ्लाफाट, कालोपुल, कमलविनायक, घट्टेकुलो, जरंखु, चावहिल, पुरानो बानेश्‍वर र बबरमहल लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो।

महाशाखाले यस पुस महिनामा मात्रै ३९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ९ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाईसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad