भ्याली ग्रुपले नेपालमा जर्मन अटो ब्रान्ड बर्गवार्डका सवारीसाधन बिक्री गर्ने भएको छ। ग्रुपअन्तर्गतको भ्याली मोटर्स प्रालिले बर्गवार्डका सवारीसाधन बिक्री गर्ने भएको हो।
कम्पनीले बालाजुमा बर्गवार्डको शोरुम स्थापनाको लागि शिलान्यास गरेको छ। बालाजुमा सेल्स, सर्भिस र स्पेयर पार्ट्स (थ्रीएस) शोरुम स्थापना हुनलागेको हो। कम्पनीको शोरुम भाटभटेनीनजिकै रहेको जानकारी दिएको छ।
भ्याली मोटर्सले ४ हजार वर्गफिटमा शोरुम, पार्किङ ५ हजार वर्गफिट र ४५ सय वर्गफिट रहेको जनाएको छ। २०२१ मार्चसम्म शोरुम स्थापना भइसक्ने कम्पनीको भनाइ छ।
यसअघि नै एम्पियर ब्राण्डका स्कुटर बिक्री गर्दै आएको कम्पनीले थप ब्राण्ड ल्याउने विषयमा छलफल भएको बताएको छ।
बर्गवार्ड सन् १९१९ मा जर्मनीमा स्थापना भएको कम्पनी हो। यसले युरोपमा राम्रो पहिचान बनाएको छ। पछिल्लो समय एसिया र दक्षिण अमेरिका, मिडल इस्टमा समेत बजार बढ्दै गएको बताएको छ।
कम्पनीले बीएक्स ३, बीएक्स ५, बीएक्स ६, बीएक्स ७, बीएक्स आई ७, बीएक्सटीएस ७ का मोडल उत्पादन गर्दै आएको छ। कम्पनीले नेपालमा कुन कुन मोडल ल्याउने भन्ने बारे अझै खुलाएको छैन।
प्रतिक्रिया