अटो


हुन्डाईको साटफेर कार्यक्रम २३ गतेसम्म सञ्चालन हुने, यस्ता छन् सुविधा

हुन्डाईको साटफेर कार्यक्रम २३ गतेसम्म सञ्चालन हुने, यस्ता छन् सुविधा

नेपालखबर
साउन १७, २०७६ शुक्रबार ८:४४,

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिहीबारदेखि हुण्डाई एक्सचेन्ज क्रार्यक्रम देशभरि सञ्चालनमा ल्याएको छ ।

हुन्डाईले बिहीबारदेखि साउन २३ गते बिहीबार बिहानको १० बजेदेखि साँझको ६ बजेसम्मको लागि उक्त कार्यक्रम ल्याएको जनाएको छ । एक्सचेन्जका साथै स्पोर्ट एक्सचेन्ज एण्ड भ्यालुएसन, सजिलै फाइनान्स तथा इन्सुरेन्स, आकर्षक क्यास छुटसँगै लोयल्टी बोनस १५ हजार रुपैयाँबराबरको र एक्सचेन्ज बोनस एक लाख ५० हजार रुपैयाँसम्म साथै ४ वर्षको फ्रि सर्भिस, तीन वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक रुपेश शर्मा भट्टले ग्राहकहरुलाई सधैँ उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको बताए । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने उनको भनाइ छ । हुण्डाई एक्सचेन्स क्याम्प नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उपलब्ध छ । ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बर्ष भरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु र एक्सचेन्ज क्याम्पमा निरन्तरता दिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad