समाज


नख्खु कारागारमा सिमेन्टकाे ब्लकले हानेर कैदीले गरे कैदीकाे हत्या

नख्खु कारागारमा सिमेन्टकाे ब्लकले हानेर कैदीले गरे कैदीकाे हत्या

नेपालखबर
साउन १७, २०७६ शुक्रबार ८:४७,

ललितपुरको नख्खु कारागारमा दुई कैदीबीच झडप हुँदा एक जनाको ज्यान गएको छ।

कारागारका जेलर वेदप्रकाश अर्यालका अनुसार मृत्यु हुने कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका पूर्णबहादुर राजी हुन्। पवनकुमार महतोले सिमेन्ट ब्लकले हान्दा राजीको मृत्यु भएको हो।

राजीकाे बीर अस्पतालमा उपचारकाक्रममा मृत्यु भएकाे हाे। राजी नख्खु कारागारमा २०७३ पुस २३ गतेदेखि कर्तब्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका थिए। 
उनकाे स्थायी ठेगाना  बासगढि-७ बर्दिया हाे। 

कर्तब्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका दुइ कैदी बिच सरसफाइकाे बिषयमा भनाभनपछि हात हालाहाल भएकाे थियाे। 

 शुक्रबार बिहान दुई पक्षबीच हानाहान भएको थियो। मानसिक समस्या भएका मृतक राजी बर्दियाका हुन्। उनको हत्या गर्ने महतो कर्तव्य ज्यान मुद्दामा कारागार जीवन बिताइरहेका व्यक्ति हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad