ad ad

अटो


नेपाली बजारमा चिनियाँ विद्युतीय सवारीसाधन उत्पादकको बलियो पकड, कुन–कुन ब्रान्ड भित्रिए?

नेपाली बजारमा चिनियाँ विद्युतीय सवारीसाधन उत्पादकको बलियो पकड, कुन–कुन ब्रान्ड भित्रिए?

नेपालखबर
पुस ८, २०७७ बुधबार ८:२८,

नेपाली बजारमा भारतमा उत्पादित सवारीसाधनको हिस्सा धेरै भए पनि पछिल्लो समय चिनियाँ ब्राण्डले पनि बलियाे उपस्थिति देखाएका छन्।

विशेषगरी नेपाली बजारमा चिनियाँ विद्युतीय सवारीसाधनको उपस्थिति सबैभन्दा धेरै छ।

विद्युतीय गाडी उत्पादनमा चीन सबैभन्दा अघि छ। चिनियाँ कम्पनी बीवाईडी अटो इन्डस्ट्रिज कम्पनी लिमिटेडका विद्युतीय गाडी नेपालमा चर्चित छन्। सिमेक्स इन्क बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता हो।

बीवाईडीका गाडी नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीदेखि भर्खर राजीनामा दिएका ऊर्जामन्त्री वर्षमान पुनसम्मले चढेका छन्।

नेपालमा विद्युतीय गाडीको लागि पूर्वाधार भने कम छ। गाडीका लागि चाहिने चार्जिङ स्टेसन सीमित क्षेत्रमा बाहेक उपलब्ध छैन। तर दुईपांग्रे सवारीसाधन चार्जिङका लागि स्टेसन आवश्यक नभएको अटो व्यवसायीले बताएका छन्।

चिनियाँ कम्पनी एसएलआरसी मोटर कर्पोरेसन लिमिटेडका उत्पादन प्यारामाउन्ट मोटर्सले नेपालमा बिक्रीवितरण गर्दै आएको छ। चिनियाँ सेयर बजारमा ठूलो अटो कम्पनीको रुपमा कर्पोरेसन रहेको छ।

एमजी ब्राण्डका गाडी समेत एसएलआरसी मोटरले उत्पादन गर्दै आएको छ।

चिनियाँ ब्राण्ड डीएफएसकेका विद्युतीय गाडी समेत नेपाल भित्रिएका छन्। फ्युचर ग्रिन इनर्जी प्रालिले उक्त गाडी नेपाल ल्याएको हो।

त्यस्तै जियाङसु जोयालङ अटोमोबाइल, चोङक्ङि लिफान इन्डस्ट्रीका विद्युतीय गाडीको लागि समेत फ्युचर ग्रिन इनर्जी प्रालि आधिकारिक बिक्रेता रहेको छ।

स्यान्डोङ लेभडिओ न्यु इनर्जी अटोमोबाइल लिमिटेडका विद्युतीय सवारी एनईभी नेपाल प्रालि यसको आधिकारिक बिक्रेता रहेको छ।

एनईभी नेपाल चाइना हाईटेक न्यु इनर्जी अटो कम्पनी लिमिटेडका उत्पादन समेत बिक्रीवितरण गर्ने आधिकारिक बिक्रेता हो।

दुईपांग्रे सवारीमा चिनियाँ ब्राण्ड मोटरहेडका बाइक नेपालमा चर्चित रहेका छन्। चोङकिङ फ्युगो पावर कम्पनी लिमिटेडको उत्पादन एसएलआर टेक्नो एण्ड टे«ड प्रालिले काठमाडौं उपत्यकासहित देशमा मुख्य सहरबाट बिक्रीवितरण गर्दै आएको छ।

त्यसैगरी जियालिङ ब्राण्डका मोटरसाइकल स्टाइल टे«डलाइनले नेपालमा बिक्रीवितरण गर्दै आएको छ। चिनियाँ कम्पनी जियालिङ ग्रुप फोरिजन ट्रेड एण्ड डेभलपमेन्ट कर्पोरेसनले उक्त ब्राण्डका मोटरसाइकल उत्पादन गर्दै आएको छ। स्टायल ट्रेडलाइनले चिनियाँ कासाका ब्राण्डका बाइक नेपालमा भित्र्याइसकेको छ।

नेपालमा होउजे ब्राण्डका मोटरसाइकल पनि उपलब्ध छन्। चिनियाँ मोटरसाइकल उत्पादक कम्पनी जियाङमेन डाछाङजियाङ ग्रुप कम्पनी लिमिटेड हो।

नेपालमा कृष्ण इन्टरनेशनल टे«डिङ कन्सर्नले यसको आधिकारिक बिक्रीवितरण गर्दै आएको छ।

बोन्डा ब्राण्डका बाइकहरु पनि नेपालमा उपलब्ध छन्। जिजेङ च्याङलिङ बेन्जियन भेहिकल कम्पनी लिमिटेडले उक्त बाइक उत्पादन गर्दै आएको छ।

नेपालमा क्लासिक ह्विल एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालि आधिकारिक बिक्रेताको रुपमा रहेको छ। कम्पनीले क्रसफायर २५० ट्विन स्ट्रिट मोटरसाइकलको समेत आयात गरी बिक्रीवितरण गर्छ।

चिनियाँ ब्राण्डका विद्युतीय स्कुटर तथा बाइकको उपस्थिति बढी 
चिनियाँ ब्राण्डका दुईपांग्रे सवारीसाधन नेपालमा थुप्रै भित्रिए पनि इन्धनको साधनको विकल्प अझै बन्नसकेका छैनन्।

अटो व्यवसायीहरु पेट्रोलियम इन्धनको विकल्पमा विद्युतीय सवारीसाधन स्थापित हुनथालेको बताउँछन्।

व्यवसायीका अनुसार सहरी यातायातको लागि भने इन्धनको सवारीभन्दा विद्युतीय सवारी उत्तम हुन्छन्। सहरी प्रदूषण पनि कम हुने र यातायात खर्च सस्तो पर्ने उनीहरुको भनाइ छ।

नेपाली व्यवसायीले चिनियाँ कम्पनीको सवारीसाधन नेपाली ब्राण्डमै समेत ल्याउने गरेका छन्।

विद्युतीय बाइक तथा स्कुटर उत्पादक विक्सी जोस इलेक्टिक टेक्नाेलाेजी लिमिटेडका उत्पादन योमा मा ई मोटरसाइकल प्रालिले नेपाल भित्र्याएको छ। जिङसु सेनलिङ होङवी साइन्स एण्ड टेक्नोलोजी लिमिटेडका विद्युतीय मोटरसाइकल तथा स्कुटर समेत योमा मा ई मोटर्स प्रालिले बिक्री गर्दै आएको छ।

ब्रिलियन्स एसडब्लु सेल्स लिमिटेडका विद्युतीय सवारी नेपालमा भित्र्याउन ग्याजेट्स एण्ड जिज्मोस टे«डर्स प्रालि आधिकारिक बिक्रेता तोकिएको छ। कम्पनीले २०१८ मै एसडब्लुएमका बाइक भित्र्याएको थियो।

त्यस्तै विछी डिफो टेक्नोलोजी लिमिटेडले उत्पादन गर्ने विद्युतीय बाइक तथा स्कुटर नेपालको जया लक्ष्मी इलेक्टिक मोटरसाइकल सप्लायर्स नेपालले आधिकारिक बिक्रेताका रुपमा बेचिरहेको छ भने भीमोटो इन्टरनेशनल लिमिटेडले उत्पादन गर्ने विद्युतीय मोटरसाइकल तथा स्कुटर फ्युचर ग्रिन एनर्जीले नेपालमा बिक्रीवितरण गर्दै आएको छ।

नेपालमा विद्युतीय दुईपांग्रेमा बाइक भन्दा स्कुटरको बिक्री धेरै छ। बाइक लामो दूरीको लागि समेत प्रयोग गरिने हुँदा चार्ज सकिए विकल्प कम हुने व्यवसायी बताउँछन्।

विद्युतीय स्कुटरमा समेत नम्बर प्लेटको व्यवस्था भएपछि पहिलाको तुलनामा नेपालमा गुणस्तरीय स्कुटर भित्रिन थालेको व्यवसायी बताउँछन्।

निग्बो लोङजी मोटरसाइकल कम्पनी लिमिटेडका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा एनएक्टी जेनेरेसन प्रालिले बिक्रीवितरण गर्दै आएको छ।

जियाङसु जोङछिङ मोटरसाइकल लिमिटेडका विद्युतीय दुईपांग्रे सवारी साधन नेपालमा बिक्री हुँदै आएका छन्। नेपालमा वृद्धि इन्टरनेशनल यसको आधिकारिक बिक्रेता छ।

जिजेङ्क कायो मोटर्स कम्पनी लिमिटेड मोटरसाइकल उत्पादक रेसिङ, स्पोर्ट्स मोटरसाइकल उत्पादन गर्दै आएको छ।

जिजेङ्ग धुहान टेन्नोलोजी कम्पनी लिले उत्पादन गर्ने दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधनको आधिकारिक बिक्रेता कलिबर अटो प्रालि रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .