प्रदेश २ सरकारले आफ्नै बस सेवा सञ्चालनको निम्ति पाँचवटा बस खरिद गरेको छ। धनतेरसको अवसरमा भौतिक पूर्वाधार विकास मन्त्रालयले पाँचवटा बस खरिद गरेको हो।
प्रदेश भरि आफ्नै बस सेवा सञ्चालन गर्ने आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम अनुरुप बस खरिद गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरदेखि सप्तरीको राजविराज, पर्साको वीरगञ्ज लगायतका जिल्लाहरुको सदरमुकामसम्म बस सेवा सञ्चालन गर्ने मन्त्रालयले तयारी गरेको हो।
सस्तो भाडामा जनताको सहज यात्राको लागि बस सञ्चालन गर्न लागिएको हो। बस खरिद तथा सञ्चालनका विषयमा केही दिनपछि मात्र अधिकारिक जानकारी सार्वजनिक गर्ने भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताए।
6.1k
Shares

प्रतिक्रिया