राजनीति


नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक मंसिर ३ गते बस्ने

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक मंसिर ३ गते बस्ने

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार ११:३४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह साढे ४ बजे बसेको सचिवालयको बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डहित सचिवालयका ५ नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको पत्र र त्यसको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डलाई लेखेको पत्र, त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र, पार्टीको संकट निवारणका लागि प्रचण्डले तयार पारेको प्रस्ताव अध्ययनका लागि सचिवालयका सदस्यहरुलाई वितरण गरिएको जानकारी दिए।

अर्को बैठक मंसिर ३ गते बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad