ड्राइभिङ सिक्न चाहनेहरुका लागि दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलले चाड पर्वलाई लक्षित गरी अफर ल्याएको छ।
यसरी सवारीसाधन चलाउन सिक्ने ग्राहकलाई २० प्रतिशतसम्म नगद छुट दिने घोषणा गरेको दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलले गरेको छ।
दादा ड्राइभिङ स्कुलमा उपत्यकाभित्रका लगायत देशैभर छरिएर खुलेका विभिन्न ३५ वटा ड्राइभिङ सेन्टरहरु आबद्ध रहेका छन्।
उक्त सुविधा लिन चाहने ग्राहकले सो स्कुलमार्फत आफूलाई पायक पर्ने स्थानको छनोट गरी मोटरसाइकल, कार, टेम्पो, ट्रक देखि हेभी इक्विपमेन्टसम्म चलाउन सिक्न पाउने छन्। यसमा जोडिएका ड्राइभिङ सेन्टरले गाडी चलाउन सिकाउनुको साथै विभिन्न सुरक्षा अवलम्बन गर्नु पर्ने विषयमा विद्यार्थीलाई विशेष कक्षा लिने व्यवस्था गरेको छ।
दादा ड्राइभिङ स्कुलमा मोटरसाइकल सिक्न ३ हजारदेखि १० हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ भने कार सिक्न एक महिने कोर्षको लागि १५ हजारदेखि २५ हजारसम्म तिर्नुपर्ने हुन्छ।
आफूहरुले गाडी चलाउन मात्र सिकाउने नभई उनीहरुलाई सुरक्षित गाडी कसरी चलाउने भन्ने विषयमा समेत विशेष ज्ञान दिने दादा ड्राइभिङ स्कुलका संस्थापक सन्तोष न्यौपानेले बताए।
Shares

प्रतिक्रिया