समाज


सिनेगलमा बनेको कोरोना टेस्ट किटले केही मिनेटमै नतिजा दिने, एक डलरमा खरिद गर्न सकिने

सिनेगलमा बनेको कोरोना टेस्ट किटले केही मिनेटमै नतिजा दिने, एक डलरमा खरिद गर्न सकिने

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ६:३१,

यस टेस्ट किटले मानिसमा कोरोनाको संक्रमण भएको छ या छैन भनेर केही मिनेटमै जानकारी दिने बताइएको छ।

सिनेगलस्थित द पास्चर इन्स्टिट्युटले यस कोरोना परीक्षण किट निर्माण गरिरहेको छ। यस इन्स्टिट्युटले डायाट्रोपिक्स नामक कार्यक्रम संचालन गरिरहेको छ। जहाँ पाँच अनुसन्धानमूलक संस्थाले काम गरिरहेको छ।

यस कार्यक्रममा बेलायतको मोलोजिक नामक संस्थापनि समावेश छ जसले टेस्ट किन बनाउन सहयोग गरिरहेको छ।

सीएनएनका अनुसार एक अमेरिकी डलरमै सिनेगलमा बनेको कोरोना टेस्ट किट उपलब्ध हुनेछ। मोलोजिकका अनुसार यस टेस्ट किट प्रयोग गर्न विद्युत र प्रयोगशालाको विश्लेषण चाहिँदैन।

यस टेस्ट किटमा रगत राखिएपछि किटले मानिसको शरीरमा कोरोनाविरुद्धको एन्टीबडी छ या छैन भनेर देखाउनेछ।

अब नियामक संस्थाहरुले यस टेस्ट किटमा अनुसन्धान गर्नेछन् यो प्रभावकारी सावित भए यसको प्रयोगमा स्वीकृति प्रदान गरिनेछ।

यसअघि चीनमा निर्माण भएको आरडीटी र्यापिड डाएगोनिस्टीक टेस्ट किटले पनि चाँडै कोरोनाको नतिजा दिने बताइएको थियो।

विश्वभर यसको प्रयोग पनि भयो। तर पछि विभिन्न देशले यसको विश्वसनीयतामाथि प्रश्न उठाएपछि हाल यो किट प्रयोगमा प्रतिबन्ध लगाइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad