राजनीति


राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीलाई कोरोना संक्रमण, मेडिसिटी अस्पतालमा उपचार हुँदै

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीलाई कोरोना संक्रमण, मेडिसिटी अस्पतालमा उपचार हुँदै

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ६:३६,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार अध्यक्ष केसीको पीसीआर रिपोर्ट पोजिटिभ आएको उनकी छोरी रितु केसीले जनाकारी दिइन्।

अध्यक्ष केसी केही दिनदेखि अस्वस्थ थिए। झण्डै एक महिनादेखि बुटवलमा रहेका केसीमा रुघा, खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो। रिपोर्ट नेगेटि आए पनि स्वास्थ्यमा सुधार नभएपछि उनी मंगलबार काठमाडौँ आएका थिए।

 मंगलबार नै उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad