फक्सवागनको नेपालको अधिकृत बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालिले चाडपर्व स्किम सार्वजनिक गरेको छ।
कम्पनीले नजिकिँदो दशैँ तिहार र छठलाई लक्षित गर्दै फक्सवागन पोलो २९ लाख ९० हजार रुपैयाँमा किन्न सकिने अफर ल्याएको हो।
यो अफरअन्तर्गत ग्राहकले बीएस६ मापदण्डको पोलो कार २९ लाख ९० हजार रुपैयाँमै पाउनेछन् भने चाड स्किमअन्तर्गत फक्सवागनकै अल्स्पेस मोडेल कारमा ६ लाखसम्म क्यास छुट पाउनसक्नेछन्।
यसबाहेक फ्रि एस्सेसरिज, चार वर्षे निःशुल्क सर्भिसिङ, चालू आवको सडक कर, दुई वर्ष असीमित किमि वारेन्टी र सहज फाइनान्सको सुविधा पनि पाउन सकिने कम्पनीले जनाएको छ।
कम्पनीको पोलो कार प्रिमियम हचब्याक हो। यसले जेडी पावरबाट तीन पटकसम्म उत्कृष्ट प्रिमियम कम्प्याक्ट कारको सम्मान पाइसकेको छ। पोलोले ग्लोबल एनक्यापमा फोर स्टार रेटिङ पाएको छ। नयाँ पोलो भने बीएस६ कम्प्लियन्ट इन्जिनयुक्त रहेको छ।
Shares

प्रतिक्रिया