सीमा अवस्थाको पछिल्लो अवस्थाबारे बुझ्न र उच्च स्थानमा आफ्ना सेनाहरुको पोशाक, बसाई र रासनको अवस्थाबारे बुझ्न उनीहरु लद्दाख जान लागेको बताइएको छ।
सार्वजनिक लेखा समितिका सदस्यहरुले यसै महिनाको अक्टोबर २८ देखि २९ सम्म लद्दाखको भ्रमण गर्ने कार्यतालिका रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।
यस समूहलाई काँग्रेस सांसद अधिर रन्जन चौधरीले नेतृत्व गर्ने हिन्दुस्तान टाइम्सले जनाएको छ।
जाडो समय सुरुवात हुनै लाग्दा चीन र भारतका सेनाहरु उच्च हिमाली विवादित क्षेत्रबाट पछाडि हट्न मानिरहेका छैनन्।
उनीहरु सम्भावित खतराको सामना गर्न तयारी गरिरहेका छन्। यतिबेला दुवै सेनाले पुग्दो खाद्यान्न र गोली गठ्ठा जम्मा गरिरहेको बताइएको छ।

सांसद अधिर रन्जन चौधरी
66
Shares

प्रतिक्रिया