अटो


हुन्डाई ग्राण्ड आई १० निओस : के छन् खास विशेषता?

हुन्डाई ग्राण्ड आई १० निओस : के छन् खास विशेषता?

नेपालखबर
असोज ११, २०७७ आइतबार ११:५०,

हुन्डाई नेपालले ग्राण्ड आई१० नेपालमा सन् २०१३ देखि बिक्री भइरहेको छ। हुन्डाईले २०२० सम्म ६ हजार बढी ग्राण्ड आई १०का गाडी बिक्री गरिसकेको छ।

नेपालीले मन पराएको ग्राण्ड आईटेनको नयाँ मोडल ‘निओस’ नेपालमा पनि सार्वजनिक भएको छ। पहिलेका आईटेनभन्दा निओसमा कस्ता फिचर थप भए भन्ने धेरैले चासो दिएका छन्।

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले कोभिड १९ को कारण अनलाइनबाट सार्वजनिक गरेको थियो। हुन्डाईले दुई भेरियन्टमा यो गाडी सार्वजनिक गरेको हो।

नयाँ गाडी स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिङ ग्रिलले कारलाई थप आकर्षक बनाएको छ। ग्राण्ड आई१० नियोसको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिएको छ। यसमा रिडिजाइन इन्टिग्रेटेड एलईडी डीआरएलएस, एलइडी फग ल्याम्पजस्ता लाइट फिचर र डिजाइन छन्।

ग्रान्ड आई१० को निओसमा उपलब्ध १.२ लिटर कप्पा बीएस ६ इन्जिनले ८३ बीएच पावर उत्पादन गर्छ। यसको इन्जिनमा ५ स्पिड म्यानुअल ट्रान्समिसन दिइएको छ। निओस हचब्यागमा ५ सिट क्षमता रहेको छ । ११ सय ९७ सीसी इन्जिन रहेको गाडीमा फ्रन्ट ब्रेक डिस र रियर ब्रेक ड्रम रहेको छ । पेट्रोल इन्जिनको गाडीमा ३७ लिटर क्षमता रहेको छ।

hyundai grand i10 nios

८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टममा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट हुनेछ । १३.४ सीएम डिजिटल स्पिडोमिटर, युएबी चार्जर लगाएतका विषेशता रहेको छ।

निओस सेफ्टीको हिसाबले पनि राम्रो छ। सुरक्षालाई मध्यनजर गर्दै एबीएस, ईबीडी, डबल एयरब्याग, रियर पार्किङ सेन्सर र रिभर्स क्यामराजस्ता फिचर रहेको हुन्डाईले जानकारी दिएको छ।

बोल्ड र स्टाइलिस डिजाइनको ग्राण्ड आई टेन निओस क्याची रहेको छ। पाँचवटा कलरमा रहेको निओस उपलब्ध रहेको छ। जसमा पोलर ह्वाइट, टाइफोन सिल्भर, टाइटन ग्रे, फेरी रेड, एक्वा टेलमा उपलब्ध रहेको छ ।

निओसको इन्टेरियरमा प्रिमियम क्याविन रहेको गाडीमा मल्टी फउन्सन स्टेरिङ, प्रिमियम सिट उपहोलस्ट्रे, सिट ब्याक पकेट, डोर म्यप पकेट, ड्यासबोर्ड ट्रे, पार्सियल ट्रेइको कोटिङ प्रविधि, रियर एसी भेन्टस् रहेको छ । गाडीमा पेय पदार्थ वा फलफुल चिसै राख्नको लागि ग्लोभबक्स कुलिङ सिस्टम समेत रहेको छ ।

गाडीको लम्बाइ ३८ सय एमएम रहेको छ भने चौडाइ १६ सय ८० एमएम छ। १५ सय २० एमएम रहेको गाडीको उचाइ २४ सय ५० एमएम ह्विल बेस छ।

इमोबिलाइजर, इमर्जेन्सी स्टम सिंगनल, सेन्ट्रल लकिङ, डे एण्ड नाइट इन्साइड रियर भ्यु मिरर, रियर क्यामेरा डिस्प्ले विथ अडियो, ड्राइभर सिट बेल्ट, प्यासेन्जर सिट बेल्ट, सिट बेल्ट रिमाइन्डर, स्पिड अलर्ट सिस्टम, हेडल्याम्प इको सिस्टम, स्पिड सेन्सिङ अटो डोर सिस्टम जस्ता फिचर रहेका छन्।

डुअल ट्रिपमिटर, डिस्ट्यान्स इम्प्टी, एभेरेज फ्युल कन्जम्सन, सर्भिस रिमाइडर जस्ता मल्टी इन्फोरमेसन फाउन्सन रहेका छन् । निओस स्पोटिजमा भ्वाइस इकोग्नाइजेसन सिस्टम रहेको छ।

कम्पनीले निओसको म्याग्ना र स्पोस्ट्स भेरियन्ट नेपाल ल्याएको बताएको छ। कम्पनीले ग्राण्ड आई टेन नियोसको म्याग्ना भेरियन्टको मूल्य ३० लाख ९६ हजार र स्पोट्र्स भेरियन्टको मूल्य ३३ लाख ९६ हजार तोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad