अटो


टाटाको ‘गोल्ड स्ट्यान्डर्ड अल्ट्रोज’ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

टाटाको ‘गोल्ड स्ट्यान्डर्ड अल्ट्रोज’ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

नेपालखबर
असोज १, २०७७ बिहिबार १३:२४,

टाटाको ‘गोल्ड स्ट्यान्डर्ड अल्ट्रोज’ नेपालमा सार्वजनिक भएको छ। टाटाले कोभिडको जोखिमलाई ध्यानमा राख्दै अनलाइन मार्फत सार्वजनिक गरेको हो।

भारतमा सार्वधिक रुचाइएको अल्ट्रोज प्रिमियम हचब्याग कार हो। अल्ट्रोज गोल्बल इन्क्याममा ५ स्टार रेटिङ पाएको छ। अल्ट्रोजको डिजाइन विश्वकै सुरक्षित धातुबाट बनाइएको गाडी भएको कम्पनीले दाबी गरेको छ।

टाटाले अल्ट्रोजमा सबै भन्दाबढी सुरक्षा र सुविधाको लागि ध्यान दिएको छ। गाडीको शुरक्षाको लागि ९.३ भर्जनको एबीएस बेक्रिङ सिस्टम रहेको छ। बीएस ६ इन्जिन सहितको अल्ट्रोजमा डिअल फ्रन्ट एयरव्याग रहेको छ। रिभर्स पार्किङ क्यामेरा रहेको गाडीमा बच्चालाई सुरक्षाको लागि छुट्टै सिटको समेत व्यवस्था गरिएको छ । गाडीको ढोका खुल्दा भ्वाइस अलर्ट सिस्टम रहेको छ।

कम्पनीले नेपालमा हचब्यागमा अल्ट्रोज अत्यधिक रुचाइएको गाडीमा पर्ने विश्वास गरेको छ। निकै आरामदायी, ठूलो स्पेस, विशिष्ट फिचर तथा ठूला कारको जस्तै प्रस्तुति दिन सक्ने रहेको कम्पनीको दाबी छ।

सिप्रदीका कार्यकारी निर्देशक राजन बाबु श्रेष्ठले ३८ वर्ष देखी नेपालमा टाटाको उपस्थिती रहेको बताएका छन्। नेपालको भौगलिक अवस्थालाई ध्यानमा राख्दै टाटाले गाडी नेपालमा ल्याउँदै आएको बताएका छन्।

टाटाले कोभिडको अवस्थालाई ध्यानमा राख्दै अनलाइन पोर्टल समेत सार्वजनिक गरेको छ। ग्राहकले गाडीको विषयमा खरिदको लागि स्वरुम नै आउनु नपर्ने सिप्रदीको भनाई छ।

टाटा अल्ट्रोजको मुल्य २९ लाख ९९ हजार रुपैयाँबाटै सुरु हुने र बढीमा ३८ लाख ५५ हजारपर्ने कम्पनीले जनाएको छ।

tata11.png

अल्ट्रोज १.२ लिटर रिभोर्टन पेट्रोल इन्जिन र डिजेल १.५ लिटर ट्रर्बोचार्जड दुवै इन्जिन उपलब्ध रहेको छ। ३ सिलिन्डरको पेट्रोल गाडी १२ सय सीसीको रहेको छ। जसले अधिकतम ६ हजार आरपीएममा ८६ पीएस र ३३ सय आरपीएममा ११३ टर्क शक्ति जेनेरेट गर्छ। ४ सिलिन्डरसहित १५ सय सीसीको डिजेल इन्जिनको गाडीले ४ हजार आरपिएममा ९० पिएस जेनेरेट गर्छ।

उक्त गाडीमा ५ स्पिड मेनुअल ट्रान्समिसन रहेको गाडीमा लम्बाई ३ हजार ९९०, चौडाई १७५५ र उचाई १५२३ रहेको छ। अल्ट्रोजको ह्वील वेस २५०१ छ भने ग्राण्ड किलियरेन्स १६५ एमएम रहेको छ।
त्यस्तै आरामदायी सिट रहेको गाडीमा ७ इन्च इन्फोटेन्मेन्ट सिस्टम रहेको छ।

५ वटा कलरमा अल्ट्रोज उपलब्ध रहने बताएको छ।

टाटाले नेपालमा अरुको प्रतिस्पर्धा गर्नु नपर्ने बताउँदै अरु कम्पनीले अल्ट्रोजसंग प्रतिस्पधा गर्नुपर्ने बताएको छ। अल्ट्रोजको सर्भिस र पार्ट सहज नै नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .