राजनीति


कोरोना संक्रमणबाट भारतका सांसद गस्तीको निधन

कोरोना संक्रमणबाट भारतका सांसद गस्तीको निधन

नेपालखबर
असोज १, २०७७ बिहिबार १३:८,

भारतीय जनता पार्टीका नेता एवं राज्यसभाका नवनिर्वाचित सदस्य अशोक गस्तीको निधन भएको छ।

बीबीसी हिन्दीका अनुसार कोरोना संक्रमणका कारण बिहीबार उनको निधन भएको हाे। 

कोरोना संक्रमण भएपछि बेंगलरुमा उनको उपचार भइरहेको थियो।

५५ वर्षीय अशोक गस्ती गत जुलाई २२ तारिख मात्र भारतको राज्यसभा सांसदका रूपमा शपथ ग्रहण गरेका थिए।

यसअघि उनी कर्नाटक पिछडा वर्ग आयोगका अध्यक्ष थिए। 

पेसाले वकिल उनलाई कर्नाटक राज्यको रायचुर जिल्लामा भारतीय जनता पार्टीलाई बलियो बनाउने हस्तीका रूपमा चिनिन्छ।

राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का सदस्य रहेका अशोक गस्ती कर्नाटकमा भारतीय जनता पार्टीको युवा मोर्चाका अध्यक्ष पनि बनेका थिए।

भारतीय जनता पार्टीका नेता एवं गृहमन्त्री अमित शाहले सांसद गस्तीको निधनप्रति शोक व्यक्त गरेका छन्।

यसको एक दिनअघि मात्र तिरुपतिबाट लोकसभा सासंद बाली दुर्गा प्रसादको पनि कोरोना संक्रमणकै कारण निधन भएको थियो।  ६५ वर्षीय उनको उपचारका क्रममा चेन्नईस्थित अस्पतालमा निधन भएकाे हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad