आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेल्यान्डले ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प’ अफर देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागू हुने गरी सुरु भएको छ। यस योजनाअन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पार्ट्समा ५ प्रतिशत, ल्युबमा १० प्रतिशत, लेबर शुल्क ३० प्रतिशत साथै ३० प्रतिशत च्यासिस ग्रिजिङमा छुट उपलब्ध गर्ने कम्पनीले बताएको छ।
फ्रि चेकअप क्याम्प दौरान ग्राहकले आकर्षक उपहारका साथै सुरक्षित ड्राइभिङसम्बन्धी जानकारी लिन सक्ने कम्पनीले जनाएको छ। यी अफरहरु साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइन्ट्स तथा बम्परदेखि बम्पर चेकअपसहित अन्य फाइदाहरु हुने बताइएको छ। यस योजना अशोक लेल्याण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सियल भेहिकलका कुनै पनि मोडलका गाडीहरुमा लागू हुनेछ।
यो योजना नेपाल अधिराज्यभर आज सोमबारदेखि आगामी साउन ५ गतेसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ। तर सर्भिसिङ्गमा छुट कुपनहरु भने भदौ ५ गतेसम्म लागू हुनेछ। आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ। यस योजनामार्फत ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको पनि कम्पनीले जनाएको छ।
तीन वर्षको अन्तरालमा यस आइएमई मोटर्स प्रालिले देशभर १४ वटा आउटलेट्स खोलेर ग्राहकमा सेवा प्रदान गर्न सफल मात्र नभई उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ पनि पर्याप्त मात्रामा गर्दै आएको छ।
प्रतिक्रिया