कतार एयरवेज र विमान निर्माता कम्पनी बोइङबीच ५ नयाँ बोइङ ७७७ विमान किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। कतारी राजाको वासिङटन भ्रमणका क्रममा यही जुलाई ९ तारिखमा यस्तो सम्झौता भएको हो।
सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको उपस्थितिमा अन्तिम रुप दिइएको कतार एयरवेजले जनाएको छ। उक्त विमानको अहिलेको मूल्य अनुसार कुल १ अर्ब ८० करोड डलर मूल्य पर्ने बताइएको छ।
सम्झौतापत्रमा कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अकबर अल बकर र बोइङ कमर्सियल एयरप्लेन्स प्रमुख केभिन म्याक एलिष्टरले हस्ताक्षरा गरेका थिए। यससम्बन्धी सहमति जुनमा भएको पेरिस एयरशोमा भएको थियो।

प्रतिक्रिया