अटो


बजेट आउनु ७ दिनअघि विद्युतीय गाडीको भन्सार पास भएको होः प्यारामाउन्ट मोटर्स

बजेट आउनु ७ दिनअघि विद्युतीय गाडीको भन्सार पास भएको होः प्यारामाउन्ट मोटर्स

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ८:२९,

एमजी गाडीको नेपालको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले बजेट आउनुभन्दा १ हप्ताअघि विद्युतीय गाडी भन्सार पास गरेको बताएको छ। कम्पनीले कोरोनाका कारण भन्सारमै रोकिएका गाडी जेठ ७ गतेसम्म जाँचपास गरेको बताएको हो।

‘कोरोनाका कारण समयमा गाडी आउनसकेन। समयमै गाडी नआएकोले जेठ ७ गतेसम्म हामीले जाँचपास गरिसकेका थियौ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीले केही महिनाअगाडि हाम्रा ग्राहकले अग्रिम बुकिङ गरेको आधारमा एलसी खोलेका थियौं। त्यही आधारमा गाडी नेपाल भित्रिन थालेको हो।’

कम्पनीले बजेटअघि भित्रिएका गाडी ग्राहकले पुरानै मूल्यमा पाउने दाबी गरेको छ।

कम्पनीका अनुसार कात्तिक २९ गते १५ वटा गाडीको एलसी खोलेको र वैशाख १७ गते भन्सार छुटाइएको थियो। यस्तै कम्पनी गत मंसिर १३ गते ३० वटा गाडी एलसी खोलेको र वैशाख १७ गते छुटाएको दाबी गरेको छ।

कम्पनीले पुस ८ गते ७५ वटा गाडीको एलसी खोलेको र जेठ ७ गते जाँचपास भएको जनाएको छ। भन्सार विभागले पनि बजेट संसदमा प्रस्तुत हुनुअघि एक साता अवधिमा १८ वटा मात्रै विद्युतीय गाडी जाँचपास भएको जनाएको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै विभागले बजेटको एक साताअघि १८ वटा विद्युतीय गाडी र ३४३ वटा पेट्रोलियम गाडी जाँसपास भएको उल्लेख गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय गाडीमा महशुल बढाउने सूचना चुहाएको आरोप लागेपछि भन्सार विभागले गाडी जाँचपासको तथ्यांक सार्वजनिक गरेको हो।

विभागका अनुसार जेठ १ देखि १४ सम्म जम्मा ९३ वटा विद्युतीय सवारी साधन जाँचपास भएको र त्यसमध्ये जेठ ७ गते ७५ वटा, जेठ १३ गते १६ वटा र जेठ १४ गते २ वटा मात्र जाँचपास भएका छन् ।

विभागले बजेट प्रस्तुतिको अघिल्लो दिन अर्थात् जेठ १४ गते विद्युतीय गाडी २ वटा जाँचपास भएका र पेट्रोलियम गाडीहरु १७९ वटा आयात भएका विभागले जनाएको छ।

‘भन्सार दररेट जेठ १४ गते राति मात्र एकीन हुने भएकाले जेठ ७ गते आयात भएका गाडीहरु कुनै संकेत पाएर जाँचपास हुने संभावना रहँदैन,’ विभागले अर्थमन्त्रीको बचाउ गर्दै भनेको छ, ‘चालू आर्थिक वर्षको साउनमा ९१ वटा, मंसिरमा ११२ वटा, पुसमा ९५ वटा गाडीहरु जाँचपास भएका छन, त्यसैगरी जेठमा ९३ वटा जाँचपास भएका छन्।’

यो पनिः 
: भन्सार शुल्क बढ्नुअघि नै २०० विद्युतीय गाडी भित्रिएको खुलासा, कसले चुहायो सूचना?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad