अटो


बुटवलकी सुमित्रा न्योपानेलाई टीभीएस स्कुटर हस्तान्तरण

बुटवलकी सुमित्रा न्योपानेलाई टीभीएस स्कुटर हस्तान्तरण

नेपालखबर
फागुन २०, २०७६ मंगलबार १३:१३,

टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले जगदम्बा उत्पादनहरुका कस्टुमाइज स्टीकर प्याकहरुका लागि राकुटेन भाइवरसँग सहकार्य गरेको छ।

जगदम्बा मोटर्सले टीभीएस ब्राण्डका लागि ‘चान्स टु वीन थ्रू अ क्लिक’ अभियान सार्वजनिक गरेको थियो। जहाँ ग्राहकहरुले ‘टीभीएस बाइकर्स मेनिया’ स्टीकर प्याक डाउनलोड गरेर नयाँ टीभीएस जुपिटर ११० सीसी स्कुटरका साथै आकर्षक उपहारहरु जित्ने अवसर पाएका थिए।

यस अभियानको अन्त्यमा जगदम्बा मोटर्सले विजेताको नाम घोषणा गरेको थियो जसअन्तर्गत बुटवलकी सुमित्रा न्योपानेले नयाँ स्कुटर प्राप्त गरेकी छिन्। उनलाई जगदम्बा मोटर्स् प्रा.लि.का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साँचो हस्तान्तरण गरेका थिए।

‘टीभीएससँगको साझेदारी निकै अद्भुत रहयो र हामी खुशी छौं कि हरेक अभियानसँगै हामी हाम्रा नेपाली प्रयोगकर्तालाई हर्ष र मुल्य प्रदान गरिरहेका छौं’ अनुभव नायर, सिनियर डाइरेक्टर विजनेस डेभ्लप्मेन्ट, एपीएसी, राकुटेन भाइवरले भने।

‘हाम्रा ग्राहकहरुलाई डिजिटल्ली संलग्न गराउन र उनीहरुको जीवनमा रमाईलो र उत्साह थप्नका लागि हाम्रो ब्राण्डसँग सहकार्य गरेकोमा हामी राकुटेन भाइवरप्रति आभारी छौं। हामी देशभरका ग्राहकहरुको व्यापक सहभागीताबाट निकै खुशी छौं। हामी यो अभियान सफल पार्नका लागि सहयोग पु-याउनुहुने सम्पूर्णलाई आभार प्रकट गर्दछौं’ जगदम्बा मोटर्स प्रा. लि. का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad