ad ad

अटो


‘विराट एक्स्पो’बारे नाडा पदाधिकारी र मोरङका व्यवसायीबीच छलफल

‘विराट एक्स्पो’बारे नाडा पदाधिकारी र मोरङका व्यवसायीबीच छलफल

नेपालखबर
पुस २९, २०७६ मंगलबार ८:५५,

मोरङका व्यवसायीहरुले नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगायतका पदाधिकारीसँग ‘विराट एक्स्पोबारे छलफल गरेका छन्।

मोरङ उद्योग संठनका अध्यक्ष भिम घिमिरेको नेतृत्वमा आएको ५ सदस्यीय प्रतिनिधि मण्डलले यही २०७६ फागुन २ गते देखि १० गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पाे २०२० तथा अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी’ बारे नाडा पदाधिकारीलाई जानकारी गराएको हो।

मोरङका व्यवसायीलाई आफ्नै सचिवालयमा स्वागत गर्दै नाडाका अध्यक्ष दुलालले नाडालाई देशव्यापी बनाउन पहल भईरहेको भन्दै नेपालको पहिलो अटो उद्योग हुलास मोटर्स पूर्व मै स्थापना भएको, लुव्रिकेण्टस उद्योगहरु पनि धेरै पूर्वमै स्थापना भएका बताए। उनले अब अटोमोवाइल उद्योग स्थापना गर्नका लागि उद्योग संगठन मोरङले पहल गरोस् भन्ने इच्छा व्यक्त गरे।

सो भेटघाटमा मोरङ उद्योग संगठनका अध्यक्ष भिम घिमिरेले अध्यक्ष दुलाललाई निर्विरोध निर्वाचित भएकोमा बधाई दिँदै उनको नेतृत्व एतिहासिक होस भन्ने कामना पनि गरे। अटोमोवाइल व्यवसायको प्रवद्र्धन र सम्बद्र्धनका लागि नाडाले उल्लेख्य भूमिका निर्वाह गर्न सक्छ भने। छलफलमा ‘विराट एक्सपो’का संयोजक भोलेश्वर दुलालले सो एक्सपो बारे जानकारी दिँदै उक्त प्रदर्शनीमा सहभागिताका लागि औपचारिक रुपमा निमन्त्रणा समेत दिए।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, निलमणी पाठक, धु्रव थापा, शुभासिस थपलिया र पंकज अग्रवालसमेतको उपस्थिति रहेको थियो। त्यसैगरी मोरङ उद्योग संगठनको प्रतिनिधि मण्डलमा अध्यक्ष भिम घिमिरे लगायत भोलेश्वर दुलाल, सुयस प्याकुरेल, सुबोध कोइराला तथा चुडामणी भट्टराई समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .