ad ad

अटो


चेपाङ विद्यार्थीलाई सिप्रदीले दियो न्यानो कपडा

चेपाङ विद्यार्थीलाई सिप्रदीले दियो न्यानो कपडा

नेपालखबर
पुस २१, २०७६ सोमबार ७:०,

सिप्रदी ट्रेडिङ्ग प्रालिको सामाजिक उत्तरदायित्व कार्यक्रम कार्यान्वयन गर्ने सिप्रदीयन सहायता संस्थाले चेपाङ विद्यार्थीहरूलाई न्यानो कपडा तथा अन्य सामग्रीहरू वितरण गरेको छ।

नारायणघाटको रत्ननगरस्थित विन्ध्येश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीहरूलाई ज्याकेट, टोपी तथा जुत्ताहरू वितरण गरिएको कम्पनीले जनाएको छ। सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरू रजत श्रेष्ठ तथा विमल गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू तथा शिक्षकहरू सो वितरण समारोहमा उपस्थित थिए।

उक्त विद्यालयमा विगत ८ वर्षदेखि चेपाङ विद्यार्थीहरूलाई सिप्रदीयन सहायता संस्थाले सहायता उपलब्ध गराउँदै आएको छ। ती चेपाङ विद्यार्थीहरूलाई पढाइ तथा अन्य छात्रावासमा बस्ने क्रममा आवश्यक पर्ने स्टेशनरी, तन्ना तथा टोइलेट्री सामग्रीहरू प्रदान गर्ने गरेको छ।

सो विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीहरू कक्षाकोठा तथा विद्यालय र क्षेत्रीय स्तरमा आयोजित अतिरिक्त क्रियाकलापहरूमा आफूलाई अब्बल साबित गरेका छन् र अधिकांश चेपाङ विद्यार्थीहरू एसईइ परीक्षा राम्रो अंक ल्याई उत्तीर्ण भएका छन्।

सिप्रदीयन सहायता संस्थाले शिक्षाको क्षेत्रमा सक्रिय रुपमा सहयोग र योगदान गर्दै आएको छ। हालै सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्ट इन्डियासँगको साझेदारीमा वि.सं २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको भूकम्पप्रतिरोधी र अत्याधुनिक सिन्धुपाल्चोक जिल्लास्थित विद्यालयहरू तथा स्वास्थ्य चौकी हस्तान्तरण गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .