नेपालका लागि टाटा मोटर्सकाे अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्लोबल सर्भिस क्याम्प यही मंसिर १९ देखि २१ गतेसम्म सञ्चालनमा ल्याएको छ। टाटा मोटर्स् कमर्सियल गाडीका प्रेसिडेन्ट श्री गिरिस वाग तथा सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले संयुक्तरुपमा उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्।
उक्त उद्घाटन समारोहमा टाटा मोटर्स् कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिस वाग ज्यूले सम्पूर्ण सिप्रदी तथा टाटा मोटर्स्का कर्मचारी, ग्राहकहरु, मिडिया तथा सहभागीहरुलाई सम्बोधन बधाई तथा शुभकामना दिए।
समारोहमा सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले टाटा मोटर्स र सिप्रदीको सम्बन्ध प्रगाढ भएकोमा शुभकामना व्यक्त गरे। साथै यसको श्रय सबै ग्राहक महानुभावहरुको अटुट विश्वास, कर्मचारीहरुको निरन्तर मिहिनेत र लगनशीलता, मिडिया साथीहरुको साथका लागि उनले धन्यवाद दिए । यस्तो प्रकारको कार्यक्रमले ग्राहकहरु वीचको सम्बन्ध पनि प्रगाढ हुने उनले बताए।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प विश्वभरि एकै साथ आयोजना गरिएको छ । यस ग्लोवल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स्का सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ ।
क्याम्पमा चालकहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टस्मा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर, जस्ता प्रमुख विशेषताहरु रहेका छन् ।
सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले यसै अवसर पारेर टाटा मोटर्स्को टाटा विङ्गगर बीएसआईभी २.२ एल डिकोर गाडीको औपचारिक रुपमा उद्घाटन गरिएको छ। त्यस क्याम्पमा एक्साईड व्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूव्रिकेन्टस्, इन्सुरेन्स, बैंक र अन्य अटोमोटिभ व्राण्डहरुले सहभागिता जनाएका छन्।

विश्वभर एकैसाथ हुने टाटा मोटर्स् ग्लोबल सर्भिस क्याम्पको यो नेपालमा चौथो संस्करण हो । विभिन्न स्टेजहरुद्वारा सुसज्जित यस क्याम्पमा टाटाद्वारा आयोजित विभिन्न कार्यक्रमहरुको अवलोकन गर्न पाइनेछ ।
आकर्षक योजना, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न विषयहरुमा सचेतना, विभिन्न सेवा आदि यस क्याम्पका मुख्य आकर्षणहरु हुन्।

प्रतिक्रिया