अटो


नाडाद्वारा रुप ज्योति पक्राउको विरोध

नाडाद्वारा रुप ज्योति पक्राउको विरोध

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार ९:५१,

अटो व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संघका पूर्वअध्यक्ष तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको भन्दै विरोध गरेको छ।

नाडाले आज एक विज्ञप्ति जारी गर्दै एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

विज्ञप्तिमा नाडाले भनेको छ, ‘उद्योग व्यवसाय गर्ने सन्दर्भमा गरिने सम्झौता एवं आर्थिक कारोबारहरुमा उत्पन्न हुने विवादहरुको समाधान देवानी दायित्वअन्तर्गत साधिकार निकायबाट उपचार खोजी विवादको समाधान गर्ने वैकल्पिक मार्ग हुँदाहुँदै गम्भीर प्रकृतिको कसुरमा पक्राउ गरी म्याद थप गर्ने, थुनामा राख्ने लगायतका कार्यहरु हुँदा नेपालको समग्र निजी क्षेत्र हतोत्साहित भएको छ।’

उनलाई अदालतले धरौटी समेत राखिसकिएको अवस्थामा थुनेर असन्धान गर्नु नपर्ने नाडाले जनाएको छ। उक्त प्रकरणमा थुनछेक लम्ब्याउने मनसाय देखिएको भन्दै नाडाले यसले समग्र व्यावसायिक क्षेत्र सशंकित भएको जनाएको छ।

रुप ज्योतिको मुद्दा तत्काल किनारा लगाएर न्यायको लागि मार्गप्रशस्त गर्न नाडाले गृह प्रशासनसमक्ष माग गरेको छ।

nada bigyapti

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad