अटो


चितवनका अटो व्यवसायी पाल्पामा

चितवनका अटो व्यवसायी पाल्पामा

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार १४:३०,

चितवन अटोमोवाइल्स एशोसिएसनको दुई दिने कार्यशाला गोष्ठी पाल्पामा सम्पन्न भएको छ। सामूहिक लगानीको विषयमा बृहतरुपमा छलफल गर्दै २ वर्षे कार्ययोजनाको मुलभूत खाका तयार गरी कार्यक्रम सम्पन्न भएको हो।

आन्तरिक पर्यटकको पवद्र्धन गर्दै ‘नेपाल भ्रमण वर्ष २०२०’ सम्पन्न पारौं भन्ने नाराका साथ नेपालको ताजमहलले परिचित रानी महलको पनि चितवनका अटो व्यवसायीहरुले अवलोकन गरेका थिए।

संस्थाका संस्थापक अध्यक्ष निरकुमार पियाको विशेष उपस्थिति रहेको गोष्ठीमा संस्थाका पूर्वअध्यक्षद्वय बालकृष्ण कँडेल र शिवराज गिरीले स्रोत व्यक्तिको भूमिका निर्वाह गरेका थिए। कार्यसमिति सदस्य नवराज डल्लाकोटीको साथै पूर्वअध्यक्ष पुष्पलाल श्रेष्ठ, महशुर पिया, भिमलाल न्यूरेले आ–आफ्नो धारण राखेका थिए। गोष्ठीमा ६४ जनाको उपस्थितिमा रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad