मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। मंगलबार माइतीघर मण्डलामा भेला भएका उनीहरुले मेडिकल शिक्षामा विभिन्न बहानामा लिईंदै आएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग राखेका थिए।
केही महिनादेखि चितवन मेडिकल कलेजका विद्यार्थीहरु कलेज सञ्चालकको मनपरीविरुद्ध आन्दोलनरत छन्। साे कलेजमा अध्ययनरत विद्यार्थी मंगलबार राजधानी आएर प्रदर्शन गरेका हुन्। विद्यार्थीकाे नेतृत्व नेत्रविक्रम चन्द (विप्लव) पुत्र प्रकाशले गरेका थिए।
विद्यार्थीहरुले स्वास्थ्यकर्मीको श्रम शोषण गर्न पाईंदैन, मेडिकल माफिया मुर्दावाद, अतिरिक्त शुल्क फिर्ता गर लगायतका नारा लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया