ad ad

अटो


टीभीएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर’ ६ गतेसम्म

टीभीएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर’ ६ गतेसम्म

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार १०:२८,

‘टीभीएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर’मेला कात्तिक ६ गतेसम्म चल्ने भएको छ। नेपालको लागि टीभीएस टु ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकको मागअनुसार १ दिन थप गरिएको जनाएको छ। यसअघि ५ गतेसम्म मात्र चल्ने कम्पनीले जानकारी दिएको थियो।

मेला अवधिभर १ हजार बाईक तथा स्कुटी सेल्स गर्ने योजना रहेको बताएको छ। मेलामा सबै भन्दा रुचाईएको १२५ सिसीको एनटर्क स्कुटर रहेको छ भने बाइकमा अपाचे १६० र २०० बढी सेल्स भएको जनाएको छ।
सर्वाधिक मनपराइएको टीभीएस एनटर्क १२५ विशेष प्रविधियुक्त स्टेट–अफ–आर्ट सीभीटिआई आरईभीभी–३ भल्भ इन्जिन रहेको छ।

स्कुटरमा १ सय २५ सीसी क्षमताको थ्री भल्व इन्जिन जडान गरिएको छ। यसले ७ हजार ५ सय आरपीएममा ९ दशमलव ४ पीएस पावर र ५ हजार ५ सय आरपीएममा १० दशमलव ५ एनएम टर्क उत्पादन गर्छ यसको मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ छ।

मेलाको प्रमुख आकर्षण नै ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप १० हजार रुपैयाँ मूल्यांकनजस्ता उत्कृष्ट अफरहरु रहनेछन्।

मेलाको अन्य आकर्षणहरुमा शून्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .