World Cup 2026


विश्वकपको अन्तिम १६ मा पुग्न पोर्चुगललाई क्रोएसियाको चुनौती

यस्ता छन् राति र बिहान भिड्ने टोली
विश्वकपको अन्तिम १६ मा पुग्न पोर्चुगललाई क्रोएसियाको चुनौती

लक्ष्मी जि.सी
असार १८, २०८३ बिहिबार १६:३०, काठमाडौँ

फिफा विश्वकप २०२६ को अन्तिम १६ का लागि अब ६ टोलीको टुङ्गो लाग्न बाँकी छ। ६ टोलीको टुङ्गो शनिबार बिहानसम्म लाग्नेछ। 

अन्तिम १६ मा अहिलेसम्म पाराग्वे र फ्रान्स, क्यानडा र मोरक्को तथा अमेरिका र बेल्जियम खेल्ने पक्का भइसकेको छ।

तीबाहेक ब्राजिलले नर्वेको र मेक्सिकोले इंग्ल्यान्डको सामना गर्ने पनि निश्चित भएको छ। 

गएराति भएको खेलमा कप्तान ह्यारी केनको दुई गोल सहयोगमा इंग्ल्यान्डले डीआर कंगोमाथि २–१ को जित निकाल्यो।

पहिलो हाफको सुरुवातमा नै अग्रता बनाएको कंगोले त्यसलाई जोगाउन नसक्दा नकआउटबाट नै घर फर्किएको छ। प्रिक्वार्टरफाइनलमा इंग्ल्यान्डले मेक्सिकोसँग खेल्नेछ।

अर्को खेलमा बेल्जियमले सेनेगललाई ३–२ ले हराउँदा विश्वकप आयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले सहजै पाखा लगायो। अन्तिम १६ मा अब अमेरिका र बेल्जियम खेल्नेछन्। बोस्नियाविरुद्ध रातो कार्ड खाएका फोलारिन बालोगनले बेल्जियमसँगको खेल गुमाउनेछन्।

विश्वकपको नकआउटमा आज राति र भोलि बिहान ३ खेल नै हुनेछ।

राति पौने १ बजे स्पेनले अष्ट्रियासँग तथा बिहान पौने ५ बजे पोर्चुगल र क्रोएसिया खेल्नेछन्।

पोर्चुगल र क्रोएसिया एकआपसमा आमनेसामने हुँदा क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिचका लागि विशेष हुनेछ। विश्व फुटबलमा विशेषगरी यी दुई खेलाडीको अन्तिम भिडन्त हो।

६ सिजन रियल मड्रिडमा सँगै बिताएका पोर्चुगलका कप्तान र क्रोएसियाका कप्तान लुका मोड्रिचले ४ युईएफए च्याम्पियन्स लिग उपाधि उचालेका थिए। बिहान पौने ९ बजे स्विट्जरल्यान्ड र अल्जेरिया खेल्ने तालिका छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad