विश्वकपको समूह ए अन्तर्गतको दक्षिण कोरिया र चेक गणतन्त्रबीचको खेल निकै प्रतिस्पर्धात्मक देखिएको छ। खेलमा अहिलेसम्म दुवै टोलीबाट एक गोल पनि हुन सकेको छैन। रक्षापंक्ति निकै कसिलो बनाएर सावधानीपूर्वक खेलिरहेछन्।
मेक्सिकोको ग्वाडालजारास्थित एकक्रोन स्टेडियममा भइरहेको खेलमा चेक टोलीका यारोस्लाभ जेलनीले निकै राम्रो खेले पनि गोल गर्न सकिरहेका छैनन्। पटक पटक उनले कोरियाली डिबक्स तर्फ जाँदै विपक्षीलाई हैरान पारिरहेछन्।
दक्षिण कोरियाली टोलीका सन ह्युङ मिनको प्रर्शन हेर्नलायक छ तर उनले पनि गोल गर्न सकेका छैनन्। पहिलो हाफमा उनले पाँच पटक गोल पोस्टमा प्रहार गरेका थिए। विपक्षीले सबै बिफल पारिदए।
यो खेलमा चेक टोलीका स्ट्राइकर प्याट्रिक शिकको प्रदर्शन औषत मात्र देखिएको छ। दोस्रो हाफमा दुवै टोली रक्षात्मक भएर खेलिरहेछन्। कसैले पनि गोल गर्न सकेका छैनन्।
Shares

प्रतिक्रिया