World Cup 2026


चेक गणतन्त्रको अग्रता टिकेन, दक्षिण कोरियासँग १-१ को बराबरी

चेक गणतन्त्रको अग्रता टिकेन, दक्षिण कोरियासँग १-१ को बराबरी

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार ९:२८, काठमाडौँ

विश्वकपको समूह ए अन्तर्गतको दक्षिण कोरिया र चेक गणतन्त्रबीचको खेल निकै प्रतिस्पर्धात्मक देखिएको छ। पहिलो हाफमा कुनै गोल हुन सकेको थिएन। खेलको ५९ औँ मिनेटमा लाकेर जिकीले गोल प्रहार गर्दै चेक टोलीलाई अग्रता दिलाएका थिए।

अग्रताको उत्सव राम्रोसँग मनाउन नपाउँदै दक्षिण कोरियाले गोल फर्कायो। कोरियाली टोलीका लागि ह्वाङ इन बियोमले ६७ मिनेटमा गोल फर्काए। 

दुवै टोलीले रक्षापंक्ति कसिलो बनाएर सावधानीपूर्वक खेल्दा पहिलो हाफमा गोलरहित भएको थियो।

मेक्सिकोको ग्वाडालजारास्थित एकक्रोन स्टेडियममा भइरहेको खेलमा चेक टोलीका यारोस्लाभ जेलनीले निकै राम्रो खेलिरहे पनि गोल गर्न सकेका छैनन्। कोरियाली डिबक्स पटक(पटक बल पुर्याउँदै उनले विपक्षीलाई हैरान पारिरहेछन्।

दक्षिण कोरियाली टोलीका सन ह्युङ मिनको प्रर्शन उत्कृष्ट देखिएको  तर उनले पनि गोल गर्न सकेका छैनन्। पहिलो हाफमा उनले पाँच पटक गोल पोस्टतर्फ प्रहार गरेका थिए। एउटा पनि गोल हुन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad