World Cup 2026


एसियाको दक्षिण कोरियाद्वारा युरोपको चेक टोली पराजित

एसियाको दक्षिण कोरियाद्वारा युरोपको चेक टोली पराजित

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार ९:४६, काठमाडौँ

जारी विश्वकप फुटबल प्रतियोगितामा समूह एको दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै विजय यात्रा सुरु गरेको छ।

शुक्रबार बिहान मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको समूहको दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई २-१ ले हराएको हो। 

पहिलो गोल चेक टोलीले गरे पनि त्यसपछि लगातार २ गोल गर्दै एसियाली टोली विजयी भएको हो।

पहिलो  हाफ गोलरहित बराबरी भएपछि दोस्रो हाफमा दुवै टोली आक्रामक देखिएका थिए।

६७ र ८० मिनेटमा २ गोल प्रहार गर्दै खेलमा दक्षिण कोरिया हाबी भएको थियो। चेक टोलीका लागि खेलको ५९औँ मिनेटमा लाकेर जिकीले गोल प्रहार गरेका थिए। 

एसियाको कोरियाली टोलीका लागि ह्वाङ इन बियोमले ६७ मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याए। ८० औँ मिनेटमा फेरि कोरियाली टोलीका ओ ह्योन गाउले गोल गर्दै कोरियाली टोलीलाई विजयतर्फ अघि बढाएका थिए।

दुवै टोलीले रक्षापंक्ति कसिलो बनाएर सावधानीपूर्वक खेल्दा पहिलो हाफ गोलरहित भएको थियो। दक्षिण कोरियाली टोलीका सन ह्युङ मिनको प्रदर्शन उत्कृष्ट देखिए पनि गोल गर्न सकेनन्। 

समूह एको पहिलो खेलमा गएराति मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलले हराएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad