World Cup 2026


नेपालखबर ‘विश्वकप विशेष’ : पूर्वस्ट्राइकर हरि खड्का र स्टार खेलाडी सविता रानामगरसँग भिडिओ संवाद


नेपालखबर
जेठ २८ , काठमाडौँ

नेपालखबर डट कमले आफ्ना लोकप्रिय डिजिटल प्लाटफर्महरु मार्फत् सञ्चालन गर्ने ‘विश्वकप विशेष २०२६’ कार्यक्रम आजदेखि सुरु हुँदैछ। कार्यक्रममा नेपालको राष्ट्रिय फुटबल टोलीका खेलाडीले प्रत्येक खेल अगाडि पूर्वसमीक्षा र खेल पछाडि विश्लेषण गर्नेछन्।

‘द हिट अफ द पिच, द डेफ्थ अफ डिबेट’ अवधाराणमा विश्वकप फुटबलको पहिलोदेखि फाइनल खेलसम्म नै कार्यक्रम सञ्चालन हुनेछ।

नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर सविता रानामगर
फुटबल टोलीको अवस्थादेखि प्रर्दशनसम्म विश्लेषण हुने कार्यक्रममा राष्ट्रिय टोलीका विज्ञ खेलाडीले विश्वकपमा देखिने खेल कौशलको समीक्षा गर्नेछन्।

‘विश्वकप विशेष २०२६’ को पहिलो कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर हरि खड्का तथा महिला राष्ट्रिय टोलीकी मिडफिल्डर, स्टार खेलाडी सविता रानामागर सहभागी छन्। नेपालखबरकी खेल पत्रकार लक्ष्मी जिसी पल्पसाले कार्यक्रम सञ्चालन गर्नेछिन्।

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा पूर्व प्रशिक्षक हरि खड्का
सबै कार्यक्रमहरु विश्वकप फुटबलको प्राविधक पक्षदेखि दर्शकको कोणबाट समेत विश्लेषण गर्ने तयारी गरिएको छ।

सकिएको 'म्याच'मा कुन टोली र खेलाडीको प्रदर्शन कस्तो रह्यो, आगामी म्याचमा कुन खेलाडीको प्रदर्शन कस्तो रहला यी दुवै प्रश्नको तथ्यपरक जवाफ नेपालखबर ‘विश्वकप विशेष २०२६’ ले दिनेछ।

जेठ २८, २०८३ बिहिबार १९:३३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad