भारतको मुम्वईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली टिमले मंगलबार साँझ अभ्यास गरेको छ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा बिहीबार यही रंगशालामा नेपालले इटालीको सामना गर्दैछ।
नेपाल इटालीको तुलनामा बलियो टोली मानिन्छ। इटालीले पहिलोपटक विश्वकप क्रिकेट खेलिरहेको छ। नेपाल भने तेस्रो पटक विश्वकपमा सहभागी भएको हो।
नेपालले यसअघि पहिलो खेल पनि इङ्ल्यान्डसँग यही रंगशालामा भएको थियो। जुन खेलमा धमका मच्चाएको नेपाली टिम दोस्रो खेलको तयारीमा जुटेको हो।
रोहित पौडेल भन्छन्– कम अनुभवले नतिजा अनुकूल आएन, ठूला टिमसँग टीयूमा खेल्ने रहर छ
विश्वकप अन्तरगत समूहका चार वटै खेल नेपालले यही रंगशालामा खेल्ने अवसर पाएको हो।
बिहीबार इटालीसँग खेल्ने तयारीमा रहेको नेपालले अर्को खेल भने बलियो टोली वेस्टइन्डिजसँग फागुन ३ गते खेल्नेछ। समूहको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग फागुन ५ गते भिड्नेछ। नेपाल रहेकै समूहमा परेको बंगलादेशले अन्तिम समयमा विश्वकप नखेल्ने निर्णय लिएपछि स्कटल्यान्डले विश्वकपमा मौका पाएको थियो।
विश्वकप भारत र श्रीलंकामा भइरहेको छ। बंगलादेशले सुरक्षाको कारण देखाउँदै आफ्ना सबै खेल श्रीलंकामा सारिदिन माग गरे पनि आईसीसीले त्यसलाई अस्वीकार गर्दै स्कटल्यान्डलाई मौका दिएको हो। स्कटल्यान्डका खेलहरु भने बंगलादेशकै लागि तोकिएका मुम्बई र कोलकातामा हुनेछ।
आफ्नो पहिलो खेलमा नेपाल दुई पटकको विश्वविजेता इङ्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। अन्तिम ओभरसम्म पनि जित नजिक रहेको नेपाललाई अन्तिम बलमा समेत जित निकाल्ने मौका थियो। तर नेपाल ५ रनले चुक्दा कीर्तिमानबाट टाढिएको हो।
त्यो सनशनीपुर्ण नतिजाबाट टाढिएको पीडालाई बिर्सदै नेपाल दोस्रो खेलको तयारीमा जुटेको छ।
वानखेडेमा नेपालको तयारीका तस्बिरहरू:



















Shares

प्रतिक्रिया