Uncategorised


यी ९ निर्माण कम्पनीसँगको ठेक्का तोड्ने सुदूरपश्चिम सरकारको तयारी

यी ९ निर्माण कम्पनीसँगको ठेक्का तोड्ने सुदूरपश्चिम सरकारको तयारी

फाइल तस्बिर


नेपालखबर
चैत २४, २०८२ मंगलबार ११:५२, काठमाडौँ

सुदूरपश्चिम प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले ९ वटा निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ। 

कार्यालयले आज सूचना जारी गर्दै तोकिएको काम समयमै पूरा नगर्ने  ९ वटा निर्माण कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको हो। 

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद नियमावली-२०६३ तथा नियमावली-२०६४ तथा प्रचलित कानुन बमोजिम ठेक्का सम्झौता अन्त्य गर्ने चेतावनी दिँदै कार्यालयले स्पष्टीकरण माग गरेको हो। 

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमै उपस्थित भएर ती निर्माण कम्पनीका सञ्चालकलाई स्पष्टीकरण दिन कार्यालयले अनुरोध गरेको छ। 

अन्यथा प्रचलित कानुन बमोजिम ठेक्का अन्त्य गरी तत्पश्चात गरिने सम्पूर्ण कारबाही प्रक्रिया अगाडि बढाइनेसमेत सूचनामा उल्लेख छ। 

यी हुन् स्ष्टीकरण माग भएका ९ निर्माण कम्पनी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad