ad ad

सुदूरपश्चिम


भीम रावल समूहलाई ‘साइड’ लगाउन खोज्दा जुटेन सहमति

भीम रावल समूहलाई ‘साइड’ लगाउन खोज्दा जुटेन सहमति

नेपालखबर
असोज २५, २०८० बिहिबार १०:२५, कञ्चनपुर

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनमा अझै सहमति जुटेको छैन। 

पाँच दिनदेखि जारी सहमतिको प्रयास निष्कर्षमा पुग्न नसकेको हो।

अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी र भरत साउदको उम्मेदवारी कायम छ।

जैसी नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले अघि सारेका उम्मेदवार हुन् भने साउद नेता भीम रावलनिकट मानिन्छन्।

अध्यक्षका दाबेदार अछामकै कमल तिमिल्सिना र कञ्चनपुरका वचनबहादुर सिंहले भने उम्मेदवारी फिर्ता लिएका छन्। उनीहरुले अध्यक्षमा तिमिल्सिनालाई समर्थन गरेका छन्।

एमालेको केन्द्रीय निर्देशनअनुसा जैसीको नेतृत्वमा सहमति खोज्ने प्रयास भइरहेको हो।

सुदूरपश्चिममा नेता भीम रावलविरुद्ध हालका प्रदेश अध्यक्ष दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र एमाले केन्द्रीय सचिव लेखराज भट्ट समूह एकजुट भएका छन्।

अध्यक्षमा उम्मेदवार फिर्ता लिएका तिमिल्सिना अध्यक्ष भण्डारी समूहका हुन्। कञ्चनपुरका सिंहलाई लेखराज भट्ट समूहले अध्यक्षमा अघि सारेको थियो।

आफूहरुलाई प्रदेश कमिटीमा स्थान नदिने गरी गतिविधि अघि बढेको रावल निकट नेताहरुको भनाइ छ। अध्यक्षमा थापा समूहका जैसीलाई लिएर अन्य पदाधिकारी भण्डारी समूहले पाउनेगरी सहमति खोज्ने प्रयास भइरहेको छ।

तर रावल समूहले त्यसलाई स्वीकारेको छैन। उपसचिव पाए अध्यक्षमा ब्याक भएर सर्वसम्मत नेतृत्व छानिन सक्ने यो पक्षको भनाइ छ।

‘मनोनयन दर्ता नगराएकाहरूलाई उपसचिव बनाउन खोज्नुभएको छ, त्यो विधिसम्मत हुँदैन भनेपछि अहिले उहाँहरु रोकिनुभएको छ,’ रावलनिकट एक नेताले भने, ‘मनोनयन गराएकाहरूकै नाममा सहमति खोज्नुपर्‍यो।’

ती नेताका अनुसार उपसचिवमा नरबहादुर बिकलाई ल्याउदा अध्यक्षलगायत पदमा सहमतिमा पुग्न सकिनेछ। विकलाई उपसचिव बनाए मात्र अध्यक्षका उम्मेदवार साउद र सचिवका उम्मेदवार रतनबहादुर रेग्मीको उम्मेदवारी फिर्ता हुने उनको दाबी छ।

उपाध्यक्षमा मनोनयन दर्ता गरेका ५ नेतालाई उम्मेदवारी फिर्ता गर्न लगाएर कालीबहादुर शाही सर्वसम्मत चुनिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .