ad ad

सुदूरपश्चिम


दोधारा चाँदनी झोलुङ्गे पुल बन्द, महाकाली पक्की पुल खुल्ने

दोधारा चाँदनी झोलुङ्गे पुल बन्द, महाकाली पक्की पुल खुल्ने

महाकाली पक्की पुल


गोकुल जोशी
बैशाख १५, २०८० शुक्रबार ११:५३, कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुल बन्द गरिएको छ। पुल मर्मत गर्न शुक्रबार (आज) तीन घण्टाका लागि बन्द गरिएको दोधारा चाँदनी नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले भने, ‘आजदेखि झोलुङ्गे पुल मर्मतको काम हुन्छ, त्यसैले तीनघण्टा पुल भएर आवातजावत बन्द गरिएको छ।’

दोधारा चाँदनी झोलुङ्गे पुल बन्द

उनका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म पुल भएर हुने आवातजावतमा रोक लगाइएको छ। यस अवधिमा वैकल्पिक बाटो प्रयोग गरेर पुल मर्मतमा सघाउन नगरपालिकाले आग्रह गरेको छ। 

दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल जीर्ण हुँदै गएको छ। बेलाबेला पुल बन्द गरेर मर्मत गर्ने गरिएको छ। 

महाकाली पक्की खुला गरिँदै  

एक महिनादेखि बन्द महाकाली नदीमाथिको निर्माणाधीन पक्की पुल भने शुक्रबार पुनः खुला गरिँदै छ। 

निर्माण जारी रहेका कारण एक महिनादेखि बन्द पुलमा शुक्रबारदेखि पुनः आवागमन खुला गर्न लागिएको पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले जानकारी दिए। 

‘दुवैतर्फ विंगस वाल निर्माणको काम सकिएको छ, पुल भएर ओहोरदोहोर गर्न सकिन्छ’, उनले भने, ‘यसअघि विंगस वाल निर्माण गर्नुपर्ने भएकाले पुल भएर हुने आवागमन बन्द गरेका थियौँ।’

उनका अनुसार तत्काल पक्की पुलको एकातर्फ दुईलेन खुलाएर आवतजावत गर्न दिइनेछ। यसअघि पुलका दुवैतर्फ पर्खाल निर्माण गर्नुपर्ने भएकाले ११ चैतदेखि पुल पूर्ण रुपमा बन्द गरिएको थियो। 

पुल बन्द हुँदा दोधारा चाँदनीतर्फ जाने र बाहिरिने चारपाङ्ग्रे ठूला-साना सवारीसाधन शारदा ब्यारेज भएर जानुपर्ने बाध्यता थियो। पुलका दुवै छेउमा गहिरो खाल्डो खनेर पर्खाल निर्माण गरिएको छ। दुवैतर्फ पर्खाल निर्माण भएकाले पुलको काम लगभग पूरा भएको छ। 

पर्खाल निर्माणसँगै पुलको पूर्वतर्फ पोखरी निर्माणको काम पनि चलिरहेको इन्जिनियर किशोर पाण्डेय जानकारी दिए। उनका अनुसार पहुँच मार्गको काम पनि अन्तिम चरणमा पुगेको छ। 

अहिले पुलको पूर्व भीमदत्त नगरपालिकातर्फको पोखरी निर्माण भइरहेको छ। बर्खाअगावै उक्त पोखरीको काम सक्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ। बर्खापछि पश्चिमपट्टि दोधारा चाँदनीतर्फ पोखरी निर्माण हुनेछ।

पुलको डिजाइनअनुसार दुवैतर्फ ६ सय मिटर चौडा र २६ सय मिटर लम्बाइका दुई पोखरी निर्माण गर्नुपर्नेछ। निर्माणाधीन चार लेनको पक्की पुललाई दोधारा चाँदनीमा बन्ने भनेको सुक्खा बन्दरगाहको प्रमुख पूर्वाधारका रूपमा लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .