सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि २ सय ९ जनाले उम्मेदवारी दिएका छन्। मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गरिएको हो।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक दल र स्वतन्त्र गरेर १९ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
नेपाली कांग्रेसबाट गोपीप्रसाद उपाध्याय, नेकपा एमालेबाट तारालामा तामाङ, नेपाली कम्युनिष्ट पार्टीबाट बिना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनकसिंह धामी र राप्रपाबाट दिल्लीबहादुर शाही छन्।
यस्तै, अनिल राना, मञ्जुदेवी सुनार, यादव सिंह र रुपादेवी बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन्। नेपाल मजदुर किसान पार्टीका कटकबहादुर शाही, नागरिक उन्मुक्ति पार्टी नेपालका कृष्णबहादुर चौधरी, संयुक्त नागरिक पार्टीका दानियल विक र प्रगतिशिल लोकतान्त्रिक पार्टीका देपेन्द्र बहादुर शाहीले पनि मनोनयन दर्ता गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालका अनुसार नेकपा माओवादीबाट पुरन राना थारु, उज्यालो नेपाल पार्टीबाट माइकल तामाङ, राष्ट्रिय जनमोर्चाबाट राजाराम डगौंरा चौधरी, आम जनता पार्टीबाट सीता विक, मितेरी पार्टी नेपालबाट सियाराम राना र मंगोल नेशनल अर्गनाइजेसनबाट हुमबहादुर गुरुङ उम्मेदवार बनेका छन्।
कञ्चनपुर क्षेत्र नम्बर २ मा १९ जना उम्मेदवार छन्। कांग्रेसका एनपी साउद, एमालेका बचनबहादुर सिंह, नेकपाका माधव पन्त, रास्वपाका दीपकराज बोहरा र राप्रपाका तिर्थराज चटौत उम्मेदवार छन्।
संयुक्त नागरिक पार्टीका खड्क ताम्राकार, आजपाका जग्गु चौधरी, मितेरी पार्टी नेपालका तेजबहादुर बडवाल, प्रलोपाका धर्मानन्द जोशी, नाउपा नेपालकी प्रेमवती राना, उनेपाका योगेन्द्रबहादुर साउँद, जनमत पार्टीका रामचन्द्र भट्ट, राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्की, माओवादीका लोकेन्द्र बहादुर विक र नेमकिपाका सिताराम राना उम्मेदवार छन्।
वीरेन्द्र राना, भानुभक्त बोहरा, गिद्धराज जोशी र हरिश बहादुर भट्टले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
कञ्चनपुर क्षेत्र नम्बर ३ मा १७ जनाले उम्मेदवारी दर्ता गरेका छन्। नेपाली कांग्रेसका हरिप्रसाद बोहरा, नेकपाका मानबहादुर सुनार, नेकपा एमालेका डा.दीपकप्रकाश भट्ट, रास्वपाका ज्ञानेन्द्र सिंह महता र राप्रपाका पूर्णबहादुर चन्द उम्मेदवार छन्।
यस्तै, नेमकिपाका मिन गिरी, राष्ट्रिय जनमोर्चाका लालबहादुर कुवँर, नेकपा संयुक्तका कर्णबहादुर चन्द, मितेरी पार्टी नेपालका किरन थापा, आम जनता पार्टीकी लक्ष्मी कुमारी विष्ट, नेकपा माओवादीका विष्णुप्रसाद उपाध्याय र राष्ट्रिय मुक्ति पार्टीका लोकराज भट्टले उम्मेदवारी दिएका छन्।
स्वतन्त्र थानेश्वर लेखक, हर्क बहादुर ऐर, वीरसिंह क्षेत्री, श्रम संस्कृति पार्टीका गंगादत्त जोशी र उज्यालो नेपाल पार्टीका भीम बहादुर कुमाल उम्मेदवार छन्।
दार्चुलामा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेका गणेशसिंह ठगुन्ना, नेपाली कांग्रेसका धर्मानन्द जोशी, नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मणदत्त जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेन्द्र सिंह सामन्त र राप्रपाका राजेश चन्दले दार्चुलामा उम्मेदवारी दिएका छन्।
यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्ना, नेकपा माओवादी नवराज भट्ट, आम जनता पार्टीका प्रेमसिंह बडाल, नेपाल मजदुर किसान पार्टीका रमेश कुमार रावल, नेपाल कम्युनिष्ट पार्टी संयुक्तका विद्यादेव जोशी र राष्ट्रिय जनमोर्चाका बिर्खराज पन्तले पनि उम्मेदवारी दिएका छन्।
बाजुरामा स्वतन्त्र र राजनीतिक दलका ८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। नेपाली कांग्रेसका जनकराज गिरी, नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाह, नेकपा एमालेका लालबहादुर थापा, रास्वपाका हेमराज थापा र राप्रपाका केशरबहादुर शाहीले मनोनयन दर्ता गरेका छन्।
यस्तै, उपेन्द्र शाही स्वतन्त्र, प्रलोपाका दिपक कुमार डिसी र नेकपा माओवादीका भूपेन्द्र ल्वारले पनि बाजुरामा उम्मेदवारी दिएका छन्।
प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुरामा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा १० दल र स्वतन्त्र ३ छन्।
नेकपा एमालेबाट चक्रप्रसाद स्नेही, नेपाली कांग्रेसबाट नैनसिंह महर, नेकपाबाट मानसिंह माल, रास्वपाबाट डा. ताराप्रसाद जोशी, राप्रपाबाट गोविन्द खडायतको मनोनयन दर्ता भएको छ।
यसैगरी आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगरको उम्मेदवारी परेको छ।
गोरखबहादुर ऐर, सुरेन्द्र रावल र तीर्थराज उप्रेतीले स्वतन्त्र उम्मेदवारी दिएका छ्न।
बैतडीमा १२ जनाको उम्मेदवारी परेको छ। एमालेका दामोदर भण्डारी, कांग्रेसका चतुरबहादुर चन्द, नेकपाका प्रमानन्द भट्ट, रास्वपाका हरिमोहन भण्डारी र राप्रपाका भुपेन बहादुर चन्दले उम्मेदवारी दिएका छन्।
यस्तै, तेज बहादुर चन्द र जयप्रकाश पन्तको स्वतन्त्र उम्मेदवारी परेको छ। नेमकिपाका नवराज कोइराला, माओवादीका राम बहादुर कुँवर, आजपाका बिसन सिंह बोहरा, जसपाका आन सिंह भण्डारी र श्रम संस्कृतिका गजेन्द्र राज पाण्डेको उम्मेदवारी छ।
कैलालीका ५ निर्वाचन क्षेत्रमा ७९ जनाको उम्मेदवारी परेको छ। कैलाली क्षेत्र १ मा नाउपा नेपालका रेशमलाल चौधरी, एमालेका द्धारिकाप्रसाद न्यौपाने, कांग्रेसका जनकराज चौधरी, नेकपाका रामलाल डगौंरा थारुसहित १० जना उम्मेदवार छन्।
उनेपाबाट प्रदिप कुमार चौधरी, नेमकिपाबाट सुनिता भण्डारा, राप्रपाबाट लोकेन्द्र कुँवर, आजपाबाट रुपा कुमारी चौधरी, प्रलोपाबाट जनकराज शाह, रास्वपाबाट कोमल ज्ञवाली, श्रम संस्कृति पार्टीबाट विमल कुमार डगौंरा, माओवादीबाट रामबहादुर विश्वकर्मा र जनमत पार्टीबाट भगत राम डगौंराले उम्मेदवारी दिएका छन्।
यहाँ अरुण ठकुल्ला, सत्यनारायण भट्टराई, राजेन्द्र बहादुर शाही, तपेन्द्र शाह, फागुराम डगौंरा र नरेश रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
कैलाली २ मा कांग्रेसका विजयबहादुर स्वाँर, एमालेका सूर्यबहादुर थापा, नेकपाका नन्दबहादुर साउँदसहित १६ जनाको उम्मेदवारी दिएका छन्।
नेशनल रिपब्लिक नेपालका दलबहादुर रावल, नेमकिपाकी लक्ष्मी पुनमगर, प्रलोपा डम्मरबहादुर रावल, रास्वपाका केपी खनाल, नेपाल मानवतावादी पार्टीका करवीर कडाँरा, नाउपा नेपालका पतिराम चौधरी, स्वतन्त्र दिपक रावल, राजेश मयाल विक, मोहनसिंह राठौर, राप्रपाका भरतसिंह बिसि, आजपाका खगेन्द्र बहादुर रावत, मितेरी पार्टी नेपालका सम्झना विष्ट थापा र माओवादीका दिलबहादुर साउदको उम्मेदवारी छ।
कैलाली क्षेत्र ३ मा १० जना उम्मेदवार छन्। जसमा कांग्रेसका भीम वडुवाल, एमालेका गौरीशंकर चौधरी र नेकपाका विरमान चौधरी छन्।
यस्तै, माओवादीका अर्जुनप्रसाद कडरिया, रास्वपाका जगतप्रसाद जोशी, नेमकिपाका जुनु महतारा शाही, राष्ट्रिय जनमोर्चाका देशराज चौधरी, राप्रपाका वीरेन्द्र बहादुर बम, प्रलोपाका लक्ष्मीराम चौधरी, नाउपा नेपालका विक्रम चौधरी र मितेरी पार्टी नेपालकी सुशिला थापा मगरले उम्मेदवारी दर्ता गराएका छन्।
कैलाली ४ मा १७ जना चुनावी मैदानमा छन्। कांग्रेसबाट गोरख बहादुर बिष्ट, एमालेका लेखराज भट्ट, नेकपाका हरिराम चौधरी र राप्रपाका कमल रजबार छन्।
यसैगरी नेमकिपाकी अमृता भुल, नेशनल रिपब्लिक नेपालका गोपीलाल चौधरी, स्वतन्त्र छत्रबहादुर भट्ट, मितेरी पार्टी नेपाल दिनेश कुमार मल्ल, नाउपा नेपालका धनबहादुर सुनार, माओवादीका भक्तबहादुर शाही, नेकपा संयुक्तका मोहनदेव मिश्र, नेमापाका यज्ञबहादुर टमोटा, उनेपाका सुभास कुँवर र राष्ट्रिय जनमोर्चाका हेमराज भट्ट छन्।
रास्वपाकातर्फ कैलाली ४ मा दुई जनाले मनोनयन दर्ता गरेका छन्। रास्वपाबाट हरिप्रसाद रेग्मी र खेमराज कोइराला उम्मेदवार छन्।
रेग्मीको नाम खारेज गर्नुपर्ने पार्टीको आन्तरिक निर्णय भएको र कोइरालालाई आधिकारिक उम्मेदवार कायम गरिदिन सभापति रवि लामिछानेको हस्ताक्षरमा निर्वाचन कार्यालयमा निवेदन गएको छ।
कैलाली ५ मा कांग्रेसका नरनारायण शाह, नेकपाका प्रेमबहादुर आले र एमालेका यज्ञराज ढुंगानासहित १६ जनाले उम्मेदवारी दिएका छन्।
स्वतन्त्र प्यारेलाल राना, जनकराज पाठक, इश्वरी विष्ट, मितेरी पार्टी नेपालकी राधिका कार्की, रास्वपा आनन्द बहादुर चन्द, आजपाका देवसिंह विष्ट, नाउपा नेपालका जगन्नाथ चौधरी, राष्ट्रिय जनमोर्चाका शोभामणी जोशी, राप्रपाका रोशन शाही, नेमकिपाका तृष्ण पुनमगर, माओवादीका बबरजंग बहादुर सिंह, उनेताका चन्द्र साउँद र जनमत पार्टीका धनबहादुर चौधरी उम्मेदवार छन्।
अछाम निर्वाचन क्षेत्र नम्बर १ मा ७ जनाको उम्मेदवारी परेको छ। नेकपाबाट भीम रावल, नेपाली कांग्रेसका भरतबहादुर स्वाँर, एमालेबाट दीपकबहादुर साउँद उम्मेदवार छन्।
अछाम क्षेत्र नम्बर २ मा कांग्रेसका पुष्पबहादुर शाह, एमालेका ,नेकपाका शरदसिंह भण्डारी र रास्वपाका भूपदेप शाहसहित ९ जनाले उम्मेदवारी दिएका छन्।
डोटीमा राष्ट्रिय जनमोर्चाका मनोज भट्ट (मणिराज), कांग्रेसका भरत खड्का, एमालेका दीपक धामी, नेकपाका त्रिलोचन भट्टसहित ९ जना उम्मेदवार छन्।
बझाङमा एमालेका ऐन महर, कांग्रेसका प्रकाश स्नेही रसाइली, नेकपाका मीनबहादुर कुवँरसहित ७ जनाले मनोनयन दर्ता गराएका छन्।
लेखराजको क्षेत्रमा अघिल्लो चुनाव जितेका बलायर नउठेपछि विष्टलाई मौका, रास्वपामा टिकट खोसेर अर्कैलाई
Shares

प्रतिक्रिया