सुदूरपश्चिम


सुस्त मनःस्थितिकी किशोरीमाथि बलात्कार, भारत भाग्दै गर्दा सीमानाकाबाट समातिए आरोपी

३ महिनाको गर्भ, घटना बाहिर नल्याउन पीडितलाई धम्की
सुस्त मनःस्थितिकी किशोरीमाथि बलात्कार, भारत भाग्दै गर्दा सीमानाकाबाट समातिए आरोपी

नेपालखबर
जेठ १२, २०८२ सोमबार १८:११, कञ्चनपुर

डोटीमा सुस्त मनःस्थिति भएकी १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको छ।

ती किशोरीमाथि बलात्कार गरेको आरोपमा दीपायल सिलगढी नगरपालिका-८ का ६१ वर्षीय गंगाराम कोली पक्राउ परेका छन्।

घटनापछि भारततर्फ भाग्दै गरेको अवस्थामा सोमबार गड्डाचौकीमा उनलाई पक्राउ गरेर डोटी ल्याइरहेको जिल्ला प्रहरी कार्यालय कार्यालय, डोटीका डीएसपी दीपेन्द्र पालले बताए।

उनका अनुसार फागुन १४ गते दीपायल सिलगढी नगरपालिका-८, नारिदाङस्थित शिवरात्रि मेलामा गएकी १४ वर्षीया किशोरीमाथि कोलीले जबरजस्ती करणी गरेको भन्दै जेठ ११ मा प्रहरीमा जाहेरी परेको हो। जाहेरीकै आधारमा प्रहरीले आरोपितको खोजी सुरु गरेको हो।

किशोरी मेलाबाट फर्किने बेला पिपल चौतारामा बसेका बेला कोलीले जबरजस्ती नजिकै पुरानो पानीघट्टमा लगेर जबरजस्ती करणी गरेको र कसैसँग भनेमा ज्यान मार्ने धम्कीसमेत दिएको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छन्। प्रहरीका अनुसार किशोरीको तीन महिनाको गर्भ पनि रहेको खुलेको छ।

पीडितको विस्तृत स्वास्थ्य परीक्षण भइसकेको प्रहरीले जनाएको छ। 

‘जाहेरीपछि खोजी गरिरहेका थियौँ। आरोपित घरमा नभेटिएपछि उनको लोकेसन पहिल्याउँदै जाँदा आज महेन्द्रनगर देखिएको थियो,’ डीएसपी पालले भने, ‘निरन्तर फलो गरेर आरोपितलाई समात्न सफल भएका हौँ।’

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको सहयोगमा आरोपितलाई नियन्त्रणमा लिइएको हो।

उनका अनसार कोलीका लोकेसन सोमबार बिहान महेन्द्रनगर बसपार्कमा देखिएको थियो। त्यसकै आधारमा प्रहरीले फलो गरेको हो। पीडित किशोरी गर्भवती रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad