बुढीगङ्गा नगरपालिकाको अत्याधुनिक प्रशासकीय भवन निर्माण भएको छ। रु १० करोड ५५ लाख ५३४ को लागतमा भवन निर्माण गरिएको नगरप्रमुख रामबहादुर बानियाँले जानकारी दिए।
पहिलो स्थानीय तहको निर्वाचनपछि निर्माण सुरु भएको भवन २०८१ सालमा निर्माण सम्पन्न भई कामकाज सुरु गरे पनि आज औपचारिक उद्घाटन गरिएको नगरप्रमुख बानियाँले बताए। पूर्वउद्योगमन्त्री कर्णबहादुर थापाले यहाँ आयोजित बुढीगङ्गाको विकासका लागि कचहरी कार्यक्रमका अवसरमा भवन उद्घाटन गरेका हुन्।
चारतले अत्याधुनिक प्रशासकीय भवनमा बैठक कक्षसहित २४ कोठा रहेका छन्। भवनमा अत्याधुनिक लिफ्टसहितको व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीले जानकारी दिए। नगरपालिकामा रहेका १० वडामध्ये हालसम्म सात वडा कार्यालय निर्माणसम्पन्न भएका उनले बताए।स रासस
90
Shares

प्रतिक्रिया