सोमबार साँझ रोशी खोलामा आएको बाढीले बीपी राजमार्गमा यातायात अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल शाहले नेपालटारदेखि नेपालथोकसम्मको खण्डमा अवरोध पुगेको जानकारी दिए।
उनका अनुसार साँझ भएको वर्षातपछि आएको बाढीले राजमार्गमा क्षति पुगेको हो।
काठमाडौँबाट गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको प्रहरीले जनाएको छ। यस्तै, पूर्वबाट आइरहेका गाडी खुर्कोट र नेपालटारमा रोकिएका छन्।
गत असोजमा आएको बाढीले रोशीको पक्की पुल बगाएको थियो ।
2.5k
Shares

प्रतिक्रिया