सुदूरपश्चिम


वडामै पुगेर सामाजिक सुरक्षा भत्तासँगै बिरामी जाँच

वडामै पुगेर सामाजिक सुरक्षा भत्तासँगै बिरामी जाँच

नेपालखबर
बैशाख १८, २०८२ बिहिबार १३:१७, दार्चुला

हरेक त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नुपर्ने झण्झटिलो प्रक्रियाको अन्त्य गर्दै मालिकार्जुन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडामै पुगेर वितरण गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक अवधिको सुरक्षा भत्ता माछापुच्छे बैंकसँगको समन्वयमा वडातहमै गएर वितरण गरिएको हो। 

सामाजिक सुरक्षा रकम वडामै पुगेर वितरण गरेपछि सेवाग्राही खुसी भएका छन्। पालिका भित्रका ४५५ लाभग्राहीलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको एमआइएस अपरेटर लोकेन्द्रसिह धामीले जानकारी दिए। तेसो चौमासिकमा कुल ६२ लाख २२ हजार ६०० रुपैयाँ वितरण गरिएको छ। 

यस्तै भौगोलिक रुपमा विकट तथा अन्य विविध कारणले गाउँपालिकाबाट प्रदान गरिने सेवामा नागरिकको पहुँच सुनिश्चिता गर्ने उद्देश्यअनुरुप वडातहमै एकीकृत घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको धामीले बताए। यही वैशाख १० गतेदेखि सञ्चालन भएको शिविरमा पालिकाभरिका दुई हजार ६९५ सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ। पालिकाको पशु शाखामार्फत वडातहमै पुगेर ३ हजार १२६ जनालाई औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिएको छ। 

यसैगरी स्वास्थ्य कार्यालयको सहकार्यमा सञ्चालित एआइ जडित एक्सरे सेवाबाट १६५ जनाले सेवा लिएका छन्। पालकाभरिका १७ जनाको क्षयरोग सम्बन्धी नमूना परीक्षण गरिएको छ। नागरिकलाई सहज, सरल र सर्वसुलभ सेवा प्रदान गरिने उद्देश्यले वडा तहमै पुगेर एकीकृत सेवा प्रदान गएिको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिए।

गाउँपालिकाले विगतदेखि नै नियमितरूपमा वडा तहमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणलगायत स्वास्थ्य सेवा, किसान सूचीकरण सेवासहितका एकीकृत सेवा दिँदै आएको छ।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad